• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुरुष नर्स भन्छन्– हामी पनि \'सिस्टर\'जत्तिकै सक्षम

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १९:१६
1140x725

काठमाडौं- जोरपाटी, नारायणटारस्थित शंकरापुर एकडेमीको एक कक्षा कोठामा शिक्षिका बिनिसा घिमिरे एनाटोमी फिजियोलोजीको क्लास लिँदैछिन्। क्लासमा विद्यार्थी भरिभराउ छन्। सेतो सुरुवाल, कुर्ता र कालो स्विटरमा छात्राहरु पढिरहेका छन्। पोशाक हेरेरै उनीहरु नर्सिङका विद्यार्थी हुन् भनेर सहजै खुट्याउन सकिन्छ।

पहिलो बेन्चमा ३ जना छात्र पनि छन्। छात्रको पोशाक भने अलिक फरक छ। उनीहरुले गाढा निलो टाइ, बैजनी रङको सर्ट र कालो प्यान्ट लगाएका छन्। हेर्दा लाग्छ, उनीहरु अरु कक्षाका विद्यार्थी होलान्। तर ती छात्र पनि छात्राहरुकै सहपाठी हुन्। उनीहरु पिसिएल नर्सिङ पहिलो वर्षका विद्यार्थी हुन्।  

विवेक खड्का, सागर रानापाल र सरोज हजारी गरी ३ जना अहिले शंकरापुर एकडेमीमा नर्सिङ अध्ययन गर्दैछन्। १०औँ ब्याचको पहिलो वर्षमा ४० जना विद्यार्थी रहेका छन्।

हाल सल्लाघारीमा बस्दै आएका रामेछापका १७ वर्षीय विवेक खड्काले मन्थली हायर सेकेन्डरी स्कुलबाट एसइई पास गरेका हुन्। एसइईपछि के पढ्ने भनेर अन्योलमा रहँदा उनका अंकलले केटाले पनि नर्सिङ पढ्न पाउने कुरा बताए। विवेकलाई नर्सिङ त केटीले मात्र पढ्छन् भन्ने लागेको रहेछ। 

‘मेरो अंकल आर्मी हो, उहाँले आर्मी तथा पुलिस अस्पतालमा केटा नर्सको राम्रो स्कोप छ भनेर भन्नुभयो अनि मलाई पनि रुची जाग्यो, उनी भन्छन्।’

विवेक भन्छन्, ‘खासमा मैले त इन्जिनियरिङ पढ्ने सपना देखेको थिएँ तर अंकलले यसमा पनि भविष्य छ, राम्रो स्कोप छ भनेर सम्झाउनुभयो, अनि मैले यही पढ्ने निधो गरेँ।

त्यसैगरी विवेकसँगै पढिरहेका १८ वर्षीय सागर राना पाल पुरुषले पनि नर्सिङ पढ्न पाउने कुरा आफ्नो आमाबाट थाहा पाएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनकी आमा शंकरापुर अस्पतालमै नर्सको रुपमा कार्यरत छिन्। मनकामना हायर सेकेन्डरी स्कुल दक्षिणढोका थलीबाट एसइईमा जिपिए ‘ए’ ल्याएर पास गरेका सागर आफूले नर्सिङ पढेको सुनाउँदा साथीहरुले पनि राम्रो प्रतिक्रिया दिएको बताए।

सानैदेखि चित्रकलाका सोखिन सागरलाई एसइईपछि कम्प्युटर साइन्स नभए आर्टस्तिर जाने धोको थियो। तर अहिले उनको इच्छा मोडिएको छ। उनी नर्स बन्ने धुनमा छन्।

२७ वर्षीय सर्लाहीका सरोज हजारी पनि विवेक र सागरसँगै नर्सिङ पढिरहेका छन्। श्रीराम मोहित सिंह जनता माध्यमिक विद्यालयबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले दस जोड दुई र स्नातक विज्ञान विषयमा गरेका छन्।

३–४ वर्षदेखि लोकसेवा पढिरहेका उनले नर्सिङमा पुरुषको लागि पनि कोटा खुलेको गोरखापत्रमा थाहा पाएपछि पढ्ने इच्छा जागेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यो विषय पुरुषले पनि पढ्न पाउने सुन्दा मैले फारम भरिहालेँ र नाम निस्कियो पनि। म लोकसेवाको तयारी पनि गरिरहँदा यो सिप सिकाइ हुन्छ भनेर पढेको हुँ,’ सरोज भन्छन्।

विवेक र सागर दुवैलाई अस्पतालमा नर्स बनेर सेवा गर्ने मन छ भने सरोजलाई अध्यापन गर्न। सरोज भन्छन्, ‘अस्पतालमा गएर अभ्यास गर्नुभन्दा मलाई नर्सिङ पढाउनमा रुची छ। म प्रध्यापनतिर लाग्छु होला।’

विवेकलाई त धेरै साथीले ‘हेर हेर सिस्टर आयो’ भनेर जिस्काउने गर्दा रहेछन्। तर आफूलाई केही फरक नपर्ने उनी बताउँछन्। सागरलाई भने उनका साथीहरुले ‘मलाई यस्तो समस्या परेको छ के औषधि खानेहोला’ भनेर सोध्ने रहेछन्। उनी पनि आफूले जानेको कुरा मजाले साथीहरुलाई बुझाइदिन्छन्। 

सागर भन्छन्, ‘मैले नर्सिङ पढ्न थालेपछि विभिन्न प्रयोगात्मक अभ्यासमा जान पाएको छुँ, रोगको बारेमा अनि मानिसहरुको स्वास्थ्य स्थितिको बारेमा पनि थाहा पाउन सक्छु।’

यी ३ जना विद्यार्थी अहिले निकै राम्रो साथी भइसकेका छन्। एकाधबाहेक कहिले पनि क्लास छुटाउँदैनन्। शिक्षकहरुको पनि प्यारा विद्यार्थी हुन्। 

सागर, विवेक अनि सरोजका सहपाठी हुन् छिरिङमा शेर्पा र मनुषा ठटाल। उनीहरुले सुरुमा केटाहरु पनि नर्सिङ पढ्न आउने रहेछन् भनेर सुन्दा छक्क परेको बताउँछन्। छिरिङमा भन्छिन्, ‘केटाहरुले पनि पढ्छ होला र नर्सिङ?

एक/दुई दिन पढ्छन् होला र छोडेर जान्छन् भन्ने लागेको थियो। तर उनीहरु हामीसँग मिल्छन्, हामी पनि राम्रो व्यवहार गर्छौं। केटाहरु भनेर जिस्काउँदैनौँ।’ मनिषा हाँस्दै सुनाउँछन्, ‘हामीलाई त उनीहरुको युनिफर्म कस्तो हुन्छ भनेर खुल्दुली लागेको थियो। हामी कुर्ता सुरुवाल लगाउँछौँ, उनीहरु के लगाउलान् भनेर?’

सागर भन्छन्, ‘मलाई नर्सिङ पढेर कुनै पछुतो भएको छैन। मैले पिसिएल यहाँ सिध्याएर स्नातकको लागि बाहिर अप्लाई गर्ने सोच बनाएको छु।’

सरोज भन्छन्, ‘नर्सिङ सेवामुखी पेसा हो। मलाई त अरुको सेवा गर्न आनन्द लाग्छ। अध्यापन गर्नु पनि सेवा गर्नु नै हो।’

यत्तिका केटीहरुको बीचमा सुरुमा अलि अनौठो लागेको विवेक बताउँछन्। ‘हामीलाई केटीहरुले निकै साथ सहयोग गर्छन्’, उनी भन्छन्, ‘मलाई भविष्यमा आर्मी तथा पुलिस अस्पतालमा नर्स बनेर सेवा गर्न मन छ।’

सागरको बुझाइ अहिले पुरुष र महिला हरेक क्षेत्रमा बराबरी छन्। उनको विचारमा इच्छाशक्ति भयो भने महिला र पुरुष दुवैले उत्तिकै राम्रो सेवा दिन सक्छन्। 

शिक्षक बिनिसा भन्छिन्, ‘सुरुदेखि नै केटीहरुलाई पढाइराखेको भएर केटाहरु कस्तो आउने होलान्, अनुशासित होलान्/नहोलान् भन्ने लागेको थियो तर ठिकै छन्। एनाटोमी पढाउँदा केटीहरुको बीचमा लाज मान्ने पो हुन् कि भन्ने लागेको थियो, तर रुचीपूर्वक नै पढिरहेका छन्।’

शंकरापुर एकडेमीकी प्रिन्सिपल रुपश्री थापा भन्छिन्, ‘सरकारले पुरुषलाई पनि नर्सिङ पढाउने जुन प्रावधान ल्याएको छ, त्यो एकदम स्वागत योग्य काम हो।’ 

‘नर्स भनेको केटी मात्र हो भन्ने आम बुझाइ छ तर यो सेवाको भावनाले गरिने पेसा हो । यसमा केटा र केटी फरक पर्दैन,’ उनी भन्छिन्, ‘मैले देखेअनुसार त केटीहरुको भन्दा पनि यी ३ जनाको भविष्य उज्वल छ। मेरो आशा त अर्को वर्ष पनि यसैगरी केटाहरु आउन् भन्ने छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्