• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजुअल प्रविधिमा नेपाल प्रहरीको फड्को, सुरु हुँदै ‘ड्राइभिङ चेक मोबाइल एप’

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १२:५९
1140x725

काठमाडौं– सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे। काठमाडौं बिजुलीबजारमा २०७२ मा मोटरसाइकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए। आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो।

सिसीटिभी प्रयोगका केही महत्वपूर्ण प्रतिनिधि उदाहरण मात्र हुन्। सिसीटिभी भिजुअल प्रविधि हो। यस प्रविधि अन्तर्गत र्यापिड सूचना प्रणाली र ड्रोन समेतको प्रयोग नेपाल प्रहरीमा प्रचलनमा छ। अपराध रोकथाम तथा नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यस्ता प्रविधिको प्रभावकारी प्रयोग हुँदै आएको छ। 

भिजुअल प्रविधि जडान, मर्मत तथा नियन्त्रण प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयले गर्छ। निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा राजीव सुब्वा भन्छन्, ‘यस्ता खालका प्रविधिले नेपाल प्रहरीलाई सञ्जय दृष्टि प्रदान गरेको छ। क्षितिजभन्दा टाढा पनि प्रहरीको कमाण्ड क्षमता हुनुपर्छ भन्ने कुरा यो प्रविधिले देखाउँछ।’

भिजुअल प्रविधि अन्तर्गतको र्यापिड सूचना प्रणाली नेपाल प्रहरीमा भित्रिएको आधुनिक प्रणाली हो। फोरजी ताररहित प्रविधिमा यो प्रणाली आधारित छ। एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज यसबाट सेयर गर्न सकिन्छ। विपद् तथा आपतकालीन अवस्थामा अन्य सञ्चारमाध्यममा सम्पर्कविहीन भएको अवस्थामा यो प्रविधि प्रभावकारी हुन्छ। 

आपतकालीन अवस्थामा १५ मिनेटमै यस प्रविधि जडान गरी सञ्चालन गर्न सकिने प्रहरी नायब महानिरीक्षक डा सुब्बा बताउँछन्। 'अति विशिष्ट व्यक्ति, विशिष्ट व्यक्ति तथा अन्य सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ,' उनले भने, 'घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि ७ वटै प्रदेशमा प्रयोग गर्ने नेपाल प्रहरीको लक्ष्य छ।’

‘अनम्यान्ड अरियल भेहिकल’को छोटो नाम ड्रोन हो। भिजुअल प्रविधि अन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा गरिन्छ। उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग हुँदै आएको छ। सुरक्षा लगायतका प्रहरी कार्यका लगि ड्रोन उडान गरी भिडियो फुटेज लिने गरिन्छ। हाल नेपाल प्रहरीमा ३ ड्रोन र २ ड्रोनपाइलट छन्। आगामी दिनमा ड्रोनको प्रयोगलाई अझै विशिष्टिकृत गर्ने योजना नेपाल प्रहरीको रहेको छ।

सिसीटिभी प्रभावकारी
भिजुअल प्रविधि अन्तर्गत पर्ने सिसीटिभीको प्रयोग अपराधको निगरानी गर्न गरिन्छ। नेपाल प्रहरीले २०६१ देखि सिसीटिभी प्रयोगमा ल्याएको हो। सुरूमा प्रहरी प्रधान कार्यालय परिसर वरिपरी घट्न सक्ने अपराधलाई नियन्त्रण गर्न ८ सेट सिसीटिभी जडान गरिएको थियो। पछि काठमाडौं उपत्यकामा २०६४ मा १० वटा, २०६७ मा ४८ वटा र भिडियो राख्न डिभिआर जडान गरी हुनसक्ने अवाञ्छित गतिविधि निगरानी सुरू गरिएको हो। १८औं सार्क सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंका विभिन्न स्थानमा १५३ वटा आईपी क्यामरा जडान गरी त्यस्ता गतिविधि निगरानी गर्न सुरु गरेको थियो।

हाल आएर भिजुअल प्रविधिको प्रयोग र प्रभावकारिता बढेको बताउँछन् नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी। ‘प्रविधिको विकाससँगै यसको प्रयोग गरी अपराध गर्ने उदाहरण देखापरेकोले अपराध रोकथाम तथा अनुसन्धानमा प्रविधिको प्रयोग महत्वपूर्ण छ,' थप योजनाबारे उनले भने, 'सहरी क्षेत्र, राजमार्ग लगायतका संवेदनशील क्षेत्रमा सिसिटिभी लगायतका भिजुअल प्रविधि जडान गर्ने, विस्तार गर्ने, कामलाई अभियानकै रुपमा नेपाल प्रहरीले अगाडि बढाएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय सिसीटिभीको प्रयोग बढ्दो छ। देशका मुख्य सहर, सीमा प्रवेश नाका, राजमार्ग लगायतका महत्वपूर्ण स्थानमा आव २०७३/०७४ मा ५०७ वटा, आव २०७४/०७५ मा ९९० वटा र चालु आव ०७५/०७६ मा ८५७ वटा सिसीटिभी क्यामरा थप जडान भएका छन्। 

काठमाडौं, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा ७ वटै प्रदेशहरूमध्ये विराटनगर अन्तर्गत ३६२ वटा, जनकपुर अन्तर्गत ४४७ वटा, हेटौंडा अन्तर्गत ४७५ वटा, पोखरा अन्तर्गत ४७० वटा, दाङ अन्तर्गत ४५७ वटा, सुर्खेत अन्तर्गत ११२ वटा र दिपायल अन्तर्गतका जिल्लामा ११९ वटा सिसीटिभी जडान भएका छन्। 

राजमार्ग तथा मुख्य सहरी क्षेत्रमा २ हजार ९१६ वटा क्यामराबाट निगरानी गरी विभिन्न घटनामा फरार अपराधीलाई फुटेजको माध्यमबाट पहिचान गरी सफल अनुसन्धान कार्यमा सहयोग भइरहेको छ। यसै प्रभावकारितालाई मध्यनजर राख्दै सिसीटिभी राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य नेपाल प्रहरीको रहेको छ।

नेपाल प्रहरीले हालै लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भिजुअल प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउन जोड दिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, ‘नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रविधिको प्रयोगलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्र सरकारसँग बजेट माग, विभिन्न पालिकाहरुसँग समन्वय गरी काम गर्दै आएको छ। साथै विभिन्न संघसंस्थासँग सहकार्यका कार्यक्रमहरू पनि सशक्त रुपमा संचालन गरिएका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुरु हुँदै ‘ड्राइभिङ चेक मोबाइल एप’
लामो दुरीका सवारीसाधन एउटै चालकले मात्रै लगातार चलाउँदा दुर्घटना हुन सक्छ। त्यसैले त्यस्ता सवारीमा चालक परिवर्तन हुनुपर्ने मान्यता छ। यसका लागि भिजुअल प्रविधि अन्तर्गत ‘ड्राइभिङ चेक मोबाइल एप’ प्रणाली नेपाल प्रहरीले सुरू गर्दैछ। यस एपले लामो दुरीका सवारी साधनमा चालक परिवर्तन भयो कि भएन भन्ने पत्ता लगाउन मद्दत गर्छ। प्रहरी नायब महानिरीक्षक डा  सुब्वा भन्छन् , ‘कुनै एक निश्चित विन्दुमा चालकको फोटो खिचिन्छ। चालक परिवर्तन गर्नुपर्ने स्थानमा पुग्दा पहिलेकै चालक हो कि परिवर्तन भयो भन्ने थाहा पाउन फोटो र चालकको अनुहार जाँच गरिन्छ।’

भिजुअल प्रविधिकै आधारमा कर्तव्यज्यान, चोरी, डकैती लगायतका घटनामा सफल अनुसन्धान भएका घटना प्रशस्त छन्। मानिसले देख्न नसक्ने घटना भिजुअल प्रविधिले जानकारी दिन सक्छ। प्रभावकारी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि यो प्रविधिको प्रयोग महत्वपूर्ण छ। भिजुअल प्रविधि नागरिक सुरक्षाकै लागि हो। त्यसैले नेपाल प्रहरी, स्थानीय निकाय, विभिन्न संघसंस्था र जनस्तरमै पनि यो प्रविधिको सराह्रना गरिएको हो।

(नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षबाट प्राप्त समाचार)

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
सम्बन्धित सामग्री
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्