विराटनगर– मादक पदार्थ सेवनका कारण भएको विवादपछि कुटपिट हुँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ।
खाँदवारी नगरपालिका ६ पाङठाका ४४ वर्षीय बमबहादुर न्यौपानेको मृत्यु भएको हो।
शुक्रबार राति साढे ८ बजे मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नरबहादुर भण्डारीको घरमा पुगेका न्यौपानेले ढोकामा लात्तीले हान्दै हो–हल्ला गरेका थिए। सोही विषयमा विवाद हुँदा भण्डारीले ढोकाको आग्लोले न्यौपानेको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
भण्डारीलाई प्रहरीले पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।