• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब गोपाल योञ्जनले काठमाडौं बोलाए

तबलावादक जीवन राईको संगीत-यात्रा
64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  ०९:३८
1140x725

काठमाडौं- गीत चल्नासाथ गायककै पहिलो चर्चा हुन्छ। तर पर्दापछाडिका नायकहरु अक्सर ओझेलमा पर्ने गर्छन्। विशेषगरी वाद्यवादकलाई कसैले वास्ता गर्दैन। 

जीवन राई यस्तै वाद्यवादक हुन्, जो वर्षौंदेखि तबलामा औंला नचाइरहेका छन्।

स्टुडियो र लाइभ गरी असंख्य गीतमा आफ्नो कुशल तबलावादन गरेर नेपाली संगीत क्षेत्रमा उनले सुन्दर इतिहास रचिसकेका छन्। 

तर, संगीतका यी साधक यतिबेला थलिएका छन्।

गत दसैंअघि अचानक सिकिस्त बिरामी भए उनी। करिब २२ लाख  खर्चमा मुटुमा सिआरटी पेसमेकर राख्नुपर्यो। त्यत्रो खर्च गर्नु उनी एक्लैका लागि धेरै गाह्रो कुरा थियो। तर करिब १५ लाखजति नेपाली संगीत जगतका कलाकार, उनका विद्यार्थी  र शुभचिन्तकले जुटाइदिए। 'बाँकी पैसा जसोतसो जुटाइयो तर फलोअपको लागि अझै खर्च भइराखेको छ,' उनले भने।

नेपाललाई कर्मथलो बनाएका जीवन दसैंतिहारमा जन्मथलो दार्जिलिङ फर्किए। फेरि उनी यतै फर्किएका छन् नेपाली संगीतलाई अझै मिठो धुन दिन। 'आफ्नो स्वास्थ्यले साथ दिउञ्जेल नै नेपाली गीतसंगीतमै काम गरिरहने इच्छा छ,' उनले भावुक हुँदै भने।

गुरु-चेला सम्बन्ध
अहिलेका व्यस्त वाद्यवादक भुवन गन्धर्व, सन्तोष बर्मा, जगन्नाथ धगौडा लगायतले उनीबाट तबलाको ज्ञान लिएका हुन्। अहिले पनि जीवन हात तबला सिकाउनमै निरन्तर लागिरहेका छन्। 'तर कतिपय विद्यार्थीलाई गुरुको नाम लिन र गुरुप्रति सम्मान व्यक्त गर्न मन नगर्ने अनि आफ्नो धरातल बिर्सिने बानीले पनि छुन थालेको छ,' उनी अलि निराश भए, 'कतिपय विद्यार्थीमा अलिअलि सिकेर नै पैसाको पछि लागिहाल्ने प्रवृत्ति बढेको छ।'

जीवनका बुवा नरध्वज राई राम्रा मादलवादक थिए। उनी गाउने पनि। दाजुहरु समेत संगीतमा लागेकाले जीवनलाई गाह्रो भएन। जेठा दाजु मनबहादुर बाँसुरी, मेन्डोलिन भायोलिन बजाउन पोख्त थिए। पछि अल इन्डिया रेडियोमा समेत उनले काम गरे। साहिँला दाजु सन्तकुमार पनि तबला बजाउँथे। 'घरको वातावरण नै संगीतमय भएकोले ममा पनि सानैदेखि संगीतको नशा चढेको हो,' जीवन भन्छन्, 'दाजुहरुको आफ्नो सांगीतिक जीवनमा ठूलो योगदान छ।'

Ncell 2
Ncell 2
nimb
nimb

दार्जिलिङका प्रख्यात तबलावादक प्रतापसिंह लोहारलाई गुरु थापेर जीवनले धेरै वर्षसम्म मेहनत गरेर तबला सिके। पछि रवीन्द्र भारती संगीत विश्वविद्यालयबाट तबलामै गोल्डमेडल थापे। सन् २००५ मा उनले संगीत रत्नको उपाधि पाउँदै मास्टर्स सिध्याए। 

दार्जिलिङदेखि नेपाल
जीवन दार्जिलिङमै संगीत साधना गरिरहेका थिए। यसैबेला काठमाडौंबाट अफर आयो, तबलावादकको। 

उनलाई अफर गर्ने थिए गोपाल योञ्जन। 

'सधै सिर्जनशील बन्न सिकाउने गोपाल सरको अद्भुत कला थियो र मेरो सांगीतिक करिअरमा गोपाल योञ्जनको ठूलो योगदान छ,' जीवनले सम्झिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०५० सालतिर नेपाल आएपछि जीवनले कहिले पछाडि फर्केर हेर्नुपरेन। उनी निरन्तर तबलावादनमा प्रख्याति कमाउँदै गए। एकल सोलो प्रस्तुति र लाइभ कार्यक्रममा तबलाको जादू देखाइरहे। तबला मात्र नभएर मादल, ढोलक लगायत पर्क्युसन (छालाबाट बनेका वाद्ययन्त्र) का सबै बाजा उत्तिकै मिठो बजाउँछन् उनी।

गोपाल योञ्जन, अम्बर गुरुङ, शान्ति ठटाल, अरुणा  लामा,  फत्तेमान, प्रेमध्वज प्रधान, मीरा राणा, गणेश रसिक, बद्री दुर्गा खरेल, दीप श्रेष्ठ, दीपक जंगम, आभास, बलराम समाल, जगदीश समाल, देवनारायण प्रधान आदिसँग उनले सहकार्य गरिसकेका छन्। नयाँ पुस्ताका मीना निरौला, झुमा लिम्बु, राज सिग्देल, मेलिना राई, प्रकाश लेप्चा लगायतका गीतहरुमा समेत उनले तबलाको धुन भरिसकेका छन्।

दार्जिलिङबाट नेपाल छिरेका धेरै हस्तीहरुले संगीतको आकाशलाई फराकिलो बनाएका छन्, तिनैमध्येका एक हुन् जीवन पनि।

नेपालबाटै नेपाल म्युजिक सेन्टरको 'टिचर एक्सचेन्ज कार्यक्रम' अन्तर्गत उनी नर्वेसमेत पुगे। करिब १० महिना त्यहाँ बसेर आफ्नो कला विदेशी विद्यार्थीलाई सिकाए। त्यहाँको आङ बेग्लिन भन्ने सांगीतिक समूहसँग १२ वटा कार्यक्रम गरेको उनी सुनाउँछन्।

केही समय गजल रेस्टुरेन्टमा वाद्यवादकको काम नै जीवन सिंगापुर पनि पुगे। वरिष्ठ गायक गणेश रसिकसँग दोस्रोपल्ट समेत सिंगापुर पुगेका थिए। 

गायक दीप श्रेष्ठ पनि जीवनको वाद्यवादनको प्रशंसा गर्छन्। 'एउटा कलाकारमा हुनुपर्ने सबै गुण भएको मृदुभाषी, मेहनती र अत्यन्त सफा हात भएका तबलावादक हुन् उनी,' श्रेष्ठले भने, 'उनको बजाइमा पूर्णता पाउँछु।

उनलाई नजिकबाट चिन्ने अर्का तबलावादक कुमार महाराज पनि जीवनलाई 'पर्फेक्ट तबलिस्ट'को संज्ञा दिन्छन्।

तबला बजाएरै बाँच्न सकिन्छ त? 
'तबला बजाएरै जीवन चलाइरहेको छु,' जीवनको जवाफ छ, 'आर्थिक हिसाबले ठुलो लाभ नभए पनि आत्मसन्तुष्टि र आफूले कलाकारको रुपमा पाएको सम्मानलाई पैसासँग तुलना गर्न मिल्दैनl' 

स्टुडियो र लाइभमा व्यस्त हुने कलाकारको आम्दानी राम्रै छ नेपाली संगीत बजारमा। तर सिन्डिकेट, गुटवाद र खुट्टा तान्ने प्रवृत्ति कताकति रहेको पाउँछन् उनी। 'काम लगाएर भनेजति  पैसा नदिने वा पैसा दिन आनाकानी गर्ने प्रवृत्तिले कलाकारलाई निरुत्साहित पार्छ,' उनको दुखेसो छ।

रेडियो नेपालले विशिष्ठ श्रेणीको शास्त्रीय तबलावादकको दर्जाले सम्मान गरेको छ जीवनलाई।

संगीतले विवाह बिर्सायो
सांगीतिक क्षेत्रमा यति व्यस्त भए कि जीवनले बिहे गर्न पनि बिर्सिए! चालीसको दशकमा हिँडिरहेका उनी हाँस्दै भन्छन्, 'संगीत नै मेरो जीवनको साथी भयो। तबलामा यति डुबेछु कि बिहे गर्नेबारेमा सोच्ने समेत फुर्सद भएन।'

चर्चा र प्रशंसाबाट टाढै बस्न रुचाउने जीवन नेपाली संगीतका एक अथक साधक हुन्l अचेलका संगीत सिक्ने नयाँ पुस्तामा आफ्नो पालाको जस्तो धैर्य, मेहनत र लगनशीलतामा कमी आउँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन्l आफू बिरामी भएर थला परेको बेला उनले मनमनै संकल्प गरेका रहेछन्- 'मैले जीवनमा जेजति सिकेँ, केही पनि बाँकी नराखी नयाँ भाइबैनीलाई बाँड्छु।' 

अहिले पनि उनको निवासमा तबला सिक्न आउनेको कमी हुँदैन।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्