जनकपुर- सर्लाही प्रहरीले ५० किलो अवैध गाँजासहित एक जनालाई बिहीबार राति पक्राउ गरेको छ। जिल्लाको हरिवन नगरपालिका-११, बासटोलबाट सोही नगरपालिका-६, घुर्कौली बस्ने महेन्द्र महतोको छोरा २९ वर्षीय रासलाल महतोलाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएका प्रहरीले बासटोल–घुर्कोली जाने कच्ची सडकखण्डमा सवारी चेक गर्ने क्रममा ज१ज ३४४ नम्बरको म्याजिक भ्यानमा लुकाइछिपाइ गरी लैजाँदै गरेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरिएको प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।