काठमाडाैं- नेपाल प्रहरीले चोरीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको विभिन्न स्थानमा चोरीमा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ परेकाहरु अधिकांशले दिउँसोको समयमा घरमा काेही नभएकाे अवस्थामा नगद, सुनचाँदीलगायतका सामग्री चोरी गरेको पाइएको पनि परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए।
पक्राउ परेकामध्ये ३ जना महिला र २१ जना पुरुषलाई पूर्पक्षका लागि थुनामा राखिएको पनि प्रहरीले जनाएको छ। अन्यको भने अनुसन्धान भइरहेको पनि परिसरका प्रमुख लामाले जानकारी दिए।
महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले गत माघ १५ गतेबाट काठमाडौंमा चोरी नियन्त्रणका लागि संयुक्त रुपमा विशेष अभियाननै सञ्चालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।