• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पञ्चे पृष्ठभूमिको राप्रपा फेरि होला एक ढिक्का?

पार्टी गठनदेखि नै विभाजन, फापेन ज्ञानेन्द्रको शासन
64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १२:५०
1140x725

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर राणा राप्रपा (प्रजातान्त्रिक) बीच गत साउन  २५ गते एकीकरणको घोषणाको मिति नै तय भयो। तर त्यसको एक दिनपहिले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले विज्ञप्ति निकालेर एकता नहुने बताए।

एकताका लागि अन्तरिम विधानका अन्तरवस्तुमा थप छलफल र सहमति आवश्यक रहेकाले एकता प्रक्रिया सफल पार्न दुवै दलबीच सन्तुलित विधानमा सहमति नभएको राणाले उल्लेख गरे। 'वार्तामा घनीभूत गराई एकताको अन्तिम निर्णयमा पुग्न राप्रपा नेपाललाई आह्वान गर्दछौं' भनी राणाले उक्त वक्तव्यमा उल्लेख गरे। एक दिनअघि मात्र भएको उक्त घटनाले मिलिसकेका पूर्वपञ्चहरुको पार्टी फेरि पनि जोडिन सकेन। उनीहरुबीच राजसंस्थालाई हेर्ने दृष्टिकोण र निर्वाचन चिह्नका बारेमा कुरा नमिल्दा एकता भाँडियो। यसरी पार्टी एकता भाँडेको आरोप दीपक बोहोरादेखि राणा र थापा स्वंयलाई पनि एक-अर्काले लगाए।

त्यसको ठिक ६ महिनापछि राप्रपाबाट चोइटिएका लोहनी र राणा जोडिएका छन्। स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको क्याम्पमा रहेका लोहनीले राणा र थापासँग असन्तुष्टि जाहेर गर्दै राप्रपा राष्ट्रवादी नामको पार्टी गठन गरेका थिए। थापासँगको एकीकरणमा लोहनीलाई समायोजना गर्ने विषयमा समेत विवाद भएको थियो। लोहनीले आफू पनि अध्यक्षकै हैसियतमा रहनुपर्ने दाबी गरेका थिए। त्यसलाई थापाले अस्वीकार गरेका थिए।

राप्रपा फुटको शृंखला
२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले अलग्गै पार्टी गठन गरे। जसको नाम थियो ‘राष्ट्रिय प्रजातन्त्र पार्टी।’

सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा समाहित भएका थिए।

शुक्रबार राणा र लोहनीले पार्टी एक भएको घोषणा गरेसँगै यो पार्टी पाचौंपटक विभाजनबाट एकतातिर गएको छ।

२७ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक यसअघि जोडिएको छ।

यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सूर्यबहादुर थापा, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ। राणा र थापा तथा अर्का नेता कमल थापा अलग पार्टीको अध्यक्षको रुपमा रहेका छन्। संविधान जारी भएपछिको निर्वाचनअघि उनीहरु तीन भागमा विभाजन भएका हुन्।

पार्टी गठनदेखि नै विभाजन
पञ्चेपार्टीको पृष्ठभूमि छोडेर बहुदलीय र प्रजातन्त्रवादी पार्टी बन्नुपर्ने बाध्यता आएसँगै उनीहरु एक हुने प्रयासमा लागे। प्रजातन्त्र र बहुपार्टी पद्धतिको वकालत नगरे अस्तित्व नहुने ठानेर उनीहरुले पार्टीका लागि प्रजातन्त्रसँगै जोडिएको नाम खोजी गरे। गाउँगाउँमा आफ्नो जनमत  कायम रहेको निष्कर्षमा पुगेका उनीहरुले राजाको समर्थन रहने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नाम समेत जुराए।

२०४७ जेठ १५ पहिलो फुट
पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरुले राजनीतिमा सक्रिय हुनैपर्ने निश्चित गरे। पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचचमा विवाद भयो। नेतृत्वको यही विवादका कारण पार्टी एक भएसँगै दुई पनि भयो।

२०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो।  बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए।

चुनावमा दुवै पार्टीले लज्जाजनक हार बेहोर्न बाध्य भए। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।

राप्रपा (चन्द) बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा) बाट जित्ने एक्लो सांसद बने। थापा आफैं पनि धनकुटावाट विजयी हुन नसकेपछि उनी लाजले चन्द पक्षसँग निहुरिन बाध्य भए।

यसबाट पाठ सिक्दै उनीहरु एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।

चुनाव चिह्न हलो राख्दै प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा नेतृत्व परिवर्तन गर्ने कुरामा उनीहरु सहमत भए।

२०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायमै रह्यो।

तेस्रो पार्टी हुँदा सत्ताको स्वाद, दोस्रो विभाजन
२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्यो।

देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुगेको हो।

मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्यो। यो सरकार ९ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले।

थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुदाँ थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।

केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।

आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग उग्र भए। तत्कालीन समयमा थापाले चन्दलाई ‘राजनीतिक नैतिकता नभएको अवसरीवादी’ भन्दै पार्टीको बैठकमै झपारेका थिए।

चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिँदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्षभित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्यो।

यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो।

सत्ताको जोडघटाउमा सुरु भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो।

एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।

२०४८ सालमा जस्तै यो फुट उसका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि त्यो उल्टो भयो।

यो हारपछि पुनः एकीकरणको दबाब सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको ९ वर्षपछि र विभाजनको ३ वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।

पञ्चलाई फापेन ज्ञानेन्द्रको शासन
दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरुभित्र फाटो आयो। यसको एकमात्र कारण पूर्व राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।

जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो।

सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बनेपछि विभाजनले अंकुराउने मौका पायो।

दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए।

कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर ‘राप्रपा नेपाल’ गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।

चौथो फुटपछि राप्रपा तीन चिरामा
यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए।

२०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए।

यो निर्वाचनमा उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए।

संविधानसभा निर्वाचनमा हार बेहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। २०७० जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।

२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे।

यसबीचमा उनीहरुले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजा सहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।

दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापा पक्ष बलियो
दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिह्न लिई चुनावी मैदानमा होमिएका थिए।

निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन।

तर, कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त ग‍र्यो।

यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७४ मंसिर ५ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो।

तर, यो एकता पनि लामो समय टिक्न सकेन। सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। यसबीचमा थापा सरकारमा पुगे र उपप्रधानमन्त्री हुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाले।

संविधान जारी भएपछि संघीयता स्वरुपको निर्वाचनमा उनीहरुका बीचमा एकीकरणको प्रयास सुरु भयो। तर सफल हुन सकेन।

उनीहरु एक्लाएक्लै निर्वाचनमा भाग लिए। त्यस्तै, प्रकाशचन्द्र लोहनीसमेत अलग पार्टी ‘राप्रपा राष्ट्रवादी’ गठन गरेर अलग्गिए। नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपा नेपालमै रहे पनि सक्रिय राजनीतिबाट छायाँमा रहेका छन्।

राप्रपाको इतिहासमा यो पाँचौं विभाजन थियो।

के कमल थापा आउँछन्?
राणा र लोहनी एकता भएसँगै अब कमल थापा मात्र बाहिर रहेका छन्। प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने बाहिरी दबाब र आन्तरिक रुपमा पनि कम्युनिस्ट शक्तिहरु एक भएर देशमा चलाएको शासन शैलीका कारण थापा मिल्न आउने राप्रपाको बुझाइ छ। तर थापा पक्ष भने राजतन्त्र र चुनाव चिह्न गाई नै हुनुपर्ने अडानमा रहेका छन्। दुई पार्टी एकीकरणपछिको अवस्थाका बारेमा थापा पक्ष भने सकारात्मक रहेको राप्रपा प्रजातान्त्रिका प्रवक्ता भुवन पाठकले बताए।

‘दुई पार्टी एकता भएको सकारात्मक छ, अब सबै पार्टी एक हुनुपर्दछ,’ उनले भने, ‘विगतमा प्रयास भएको हो। सबै कार्यकर्ताको चाहना छ। सबैले आफ्ना अडान छाडेर एक हुनुको विकल्प छैन।’

कसको पक्षमा विरासत?
लोहनी र राणाको एकता आधारपत्र हेर्दा लोकेन्द्रबहादुर चन्दलाई पनि स्थान दिइएको छ। महत्वपूर्ण निर्णयहरुमा पूर्व प्रधानमन्त्रीसँगका सल्लाहमा गरिने भनिएको छ। यसले चन्दलाई थापासँग एकताका लागि पहल गर्ने स्थान दिएको देखिन्छ।

आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको साथ लिई उस बेला आफ्नो सरकार ढालेर सूर्यबहादुर थापालाई सघाउँदा आफूले ‘मुसा प्रवृत्ति’ भनी कटाक्ष गरिएका नेता कमल थापालाई मनाउने जिम्मेवारी उनै चन्दले पाएका छन्। राप्रपाका अबको संघर्ष भनेको विरासत कसले थाप्ने भन्ने नै देखिन्छ। 

भावी नेतृत्व सूर्यबहादुरका छोरा सुनिल थापा वा चन्दका छोरा कसले राप्रपाको विरासत थाम्ने भन्ने प्रतिस्पर्धा हुने देखिन्छ। थापा पनि उक्त पार्टीमा मिसिन आएमा उनले आफ्नो गुट अन्तर्गत पार्टीलाई ल्याउने प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया?
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’
सम्बन्धित सामग्री
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’ सोमबार, भदौ ८, २०८३
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्