• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

शेखर कोइरालाको म्याराथन

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  ०८:३३
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमध्ये सबैभन्दा समय अभाव कसलाई होला? नि:सन्देह जवाफ– डा शेखर कोइराला।

मंगलबार बिहान ८:४५ बजे कोइराला निवास पुग्दा उनलाई भेट्न ५–६ टोली जम्मा भइसेकको थियो। जिल्ला सभापतिदेखि कांग्रेसमा आस्था राख्ने कार्यकर्ताहरुको भीडले उनको बैठक कक्ष भरिएको थियो।

केहीबेरको सामूहिक भेटपछि शेखरले आफूलाई भेट्न आउनेहरुलाई छुट्टाछुट्टै समय दिन सुरु गरे।

उनीकहाँ आउनेको संख्या बढिरहेको थियो। समयको चापमा रहेका कोइरालालाई भेट्न आउनेका लागि बढीमा १० मिनेटको समय उनका सहयोगी दिनेश थपलियाले निर्धारण गरेका थिए।

थपलियाले आगन्तुक नेता–कार्यकर्ताहरुको लागि कुशलतापूर्वक समयको व्यवस्थापन गरेका थिए। स्थानीय नेता तथा कार्यकर्ताको गुनासो तथा समस्या शेखरले ध्यानपूर्वक सुन्थे। अनि आफ्नो धारणा प्रस्तुत गर्थे।

अविराम शेखर 
निर्वाचनको पराजयपछि आम कार्यकर्तामा बढ्दो निराशा थियो। कार्यकर्तामा ऊर्जा भर्नका लागि उनी देश दौडाहामा निस्किए। निर्वाचन पराजयको प्रारम्भका दिनमा पार्टी नेतृत्व पंक्तिप्रति कार्यकर्ताको आक्रोश थियो।

‘कांग्रेसमा ऊर्जा थप्नलाई देशभरका कार्यकर्ता भेट्न जिल्ला–जिल्ला पुगेको छु’,  शेखरले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचनपश्चात् पराजयको समीक्षा गर्न बसेको चैत र वैशाख बसेको बैठकमा केन्द्रीय समितिको बैठकमा चर्काचर्की र आरोप–प्रत्यारोप हुँदा शेखर बढी समय जिल्लातिरै थिए। केन्द्रीय समितिका बैठकमा आफ्ना कुरा राखेपछि उनी जिल्ला दौडाहामा निस्किएका थिए।

केन्द्रीय समितिको अहिले जारी बैठकबाट बच्ने थोरै समय पनि उनी कार्यकर्तासँग समय बिताउन जिल्लातिर पुग्छन्।

माघ १० को लागि डाकिएको केन्द्रीय समिति बैठकका लागि काठमाडौं बाहिरबाट सोही दिन आएका थिए। बैठकमा सहभागी भएर शेखर अर्को दिन भैरहवाको कार्यक्रममा पुगे। पुन सोमबारको बैठकका लागि राजधानी फर्के। मंगलबार एक दिनका लागि काठमाडौंमा रहेका उनी बुधबार विराटनगरमा पुगेका छन्।

कार्यक्रमका लागि कार्यतालिका बनेपछि पार्टी नेतृत्वलाई नजाऊ भन्न आँट नहुने उनले बताए। ‘म नरोकिने भएपछि कसले रोक्ने’, प्रश्न गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेताहरु एक दिनको लागि जिल्लामा हेलिकप्टर मार्फत पुगेर सोही दिन फर्कने प्रचलन पनि छ। भन्छन्, ‘म जिल्ला गएर एकै दिनमा फर्किन्नँ। अरु आसपासका जिल्लामा पनि कार्यक्रम गर्नेगरी कार्यतालिका बनाउँछु।’

‘कांग्रेस डुब्न लाग्यो, शेखरबाबु बचाइदिनुस्’

गृहनगर र आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले मोरङमा उनले बढी समय खर्चिने गरेका छन्। निर्वाचनपछि कति जिल्लामा कार्यक्रम गरे, उनीसँग एकिन तथ्यांक छैन। भन्छन्, ‘निर्वाचनपछि धेरै जिल्ला पुगेको छु।’

निर्वाचनमा पराजयपछि आफ्नो क्षेत्रका मतदाताकहाँ पुगेर धन्यवाद दिए। तर आफू चुनावमा किन हारें भन्नेचाहिं पहिल्याउन सकेका छैनन्। भन्छन्, ‘मेरै निर्वाचन क्षेत्रमा दुई प्रदेश सदस्यलाई जिताएँ। सायद ममा केही कमजोरी भएर हारें कि।’ 

निर्वाचन क्षेत्रका सबै वडाका मतदातालाई धन्यवाद दिएर उनी काठमाडौं फर्के। सबैतिर निराशा थियो। सबैतिरबाट कार्यकर्ताहरुको फोन निरन्तर आउने क्रम बढ्यो। कार्यकतालाई सान्त्वना दिनका लागि कार्यकर्ता भेटघाटमा निस्कने निधो गरे।  

कोइरालाको रुचि ठूलाठूला सभामा भन्दा कार्यकर्ताहरुलाई भेट्दै हिँड्नुमा छ। जिल्लाका कार्यक्रमहमा उनलाई स्थानीय नेता तथा कार्यकर्ताले नै निम्तो गर्छन्।

कांग्रेसको गुटगत प्रवृत्ति तल्लो निकायसम्म पुगेको छ। केन्द्रमा बहस, भेला वा अन्य कार्यक्रम हुँदा एक समूहले गरेको आयोजनामा अर्को समूह सहभागी नहुने स्थिति छ।

के त्यस्तै प्रवृत्ति उनी जिल्लामा जाँदा पनि हुन्छ? ‘कोही आउँछन्, कोही आउँदैनन्। त्यो उनीहरुको कुरा भयो', उनले भने, 'तर, जिल्ला जाने बेला गुट नभनी सबैलाई आउन लागेको खबर गर्छु।’

कतिपय अवस्थामा शेखरको कार्यक्रममा जाउँ कि नजाउँ भनी माथिल्लो निकायसँग अनुमति लिनेहरु पनि भएको उनले सुनाए।

दिनमा बढीमा तीन वटा कार्यक्रममा खट्ने कोइराला कार्यकर्ता भेट्न जानुअघि स्थानीय परिवेश, पार्टीको संगठन र जन चासोका बारेमा पूर्व तयारी गरी भेटघाटमा पुग्छन्।

दर्शक वा स्रोतालाई दिक्क पार्नेगरी लगातार मन्तव्य राख्ने अधिकांश नेताको प्रवृत्ति छ। कोइरालाको सन्दर्भमा उक्त कुरा लागू हुँदैन। प्रमुख अतिथि भएको स्थानमा उनले बढीमा ३० मिनेटमा आफ्ना कुरा टुंग्याउँछन्।

कार्यकतालाई व्यक्तिवादी प्रवृत्ति त्याग्न आग्रह गर्छन्। कार्यकर्ता माझ भन्छन्, ‘म रेलको डिब्बामा छु, आउनुहुन्छ, भेट्नुहुन्छु। ठlक छ। नत्र म हिँडिरहेको बेलामा नभेटे स्टेसनमै छुट्नुहुन्छ।’

केही दिन पहिले उनले बारामा कार्यकर्ता भेटघाटको प्रसंग सुनाए । ८९ र ९२ वर्षका दुई वृद्ध उनलाई भेट्न आए। उनले खाना खाँदै आएको समयमा दुई वृद्धले लौरो टेकेर आएर भने, ‘शेखरबाबु कांग्रेसलाई बचाइदिनुस्। कांग्रेस बिग्रियो। कांग्रेस डुब्दैछ।’

उनका आँखा रसाए। बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईका सहयात्रीले त्यसो भन्दा उनी स्तब्ध भए।

गत एक वर्षमा देशव्यापी भ्रमणका क्रममा अनेकौं अनुभव संगालेका छन् उनले। देशभर कार्यकर्ताको भेटघाटपछि आफ्ना पक्षमा भएका कार्यकर्ताको भावना उनले बोले, ‘आफू हार्दा मलाई बढी चिन्ता लागेन। तर, म पराजित भएपछि देशभरका कार्यकर्ता रोएको पाएँ।’ 

निर्वाचनपछि र अहिले जिल्ला पुग्दाको फरक
निर्वाचनपछि पुग्दा र अहिले पुग्दा उही कार्यकर्ता उनले भिन्न रुपमा फेला पारेका छन्। वर्तमान सरकारमा एकै वर्षमा निराशा छाएको उनी र आम कार्यकर्ताको बुझाइ छ। भेटमा कार्यकर्ताले दुई तिहाइको सरकारले दुःख दिएको उनलाई सुनाउँछन्। 

दुई तिहाइ बहुमत नेकपाको पक्षमा भएकाले सुरुका समय कार्यकर्ता हतोत्साही भएको उनको निष्कर्ष छ।

केन्द्रीय राजधानीलाई ‘ट्रान्जिसन’ बनाई देशभर कार्यकर्ताको भेटघाटमा निस्केका कोइराला कांग्रेस हारेको कार्यकर्ताका कारण नभई नेतृत्वकै कारण भएकोमा ढुक्क छन्। कार्यकर्ताको बचन उनले सुनाए, ‘माथि गुट उपगुट नगरिदिनुस्। तपाईंहरुले गर्दा तल पनि गुट उपगुट बने।’

तर पार्टीमा गुट हुनु अस्वभाविक नभएको उनको निष्कर्ष छ। थन्छन्, ‘पार्टी त गिरोहले सञ्चालन गरेकाले कमजोर भयो।’

पार्टी पराजय गुट र गिरोहले भएको उनको बुझाइ छ। वाम एकताले केही हदमा पराजय भोगे पनि तराईमा उक्त सन्दर्भ मेल नखाने उनले बताए। कार्यकर्तामा पार्टी नेतृत्व र वर्तमान सरकारप्रति असन्तुष्टि उत्तिकै भएको उनको ठम्याइ छ। 

निर्वाचन लगत्तै जिल्ला पुग्दैगर्दा उनका मन्तव्य स्वभाविक रुपमा कांग्रेसको हारमा केन्द्रित हुन्थे। हाल परिस्थितिमा परिवर्तन आएको छ। सरकारका पछिल्ला गतिविधि, निर्णयका बारेमा उनले उत्तिकै समय खर्चने गरेका छन्।

कार्यकर्तालाई ‘अधिनायकवाद’ को बारेमा जानकारी गराएको उनले बताए। अर्को शब्दावलीमा ‘कम्युनिस्टको सत्ता कब्जा’ बारे पनि आम कार्यकर्तालाई ज्ञान बाँड्छन् शेखर। 

शेखरको रफ्तार १४औं महाधिवेशन केन्द्रित हो? 
कांग्रेसीजनभित्रै चर्चा हुने गरेको विषय दुई वटा छन्। पहिलो– १४ औं महाधिवेशनका लागि कोइराला सभापतिका प्रत्यासी। दोस्रो– कोइरालाको प्यानलबाट महामन्त्री गगन थापा।

कांग्रेसभित्र महाधिवेशनको चर्चा हुने गरेकाले पनि उक्त चर्चा स्वभाविक छ। कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको कार्यावधि २०७६ को फागुनको अन्त्यसम्म छ। विशेष परिस्थितिमा सभापतिले एक वर्ष कार्यकाल बढाउन सक्नेछन्।

भावी सभापतिको पृष्ठभूमि तय गर्नका लागि कोइरालाको वर्तमान खटाइलाई बुझ्नेहरु पनि छन्। कार्यकर्ताको उक्त भावनालाई कोइरालाले नकार्न सक्दैनन्। भन्छन्, ‘कोसिस गर्दैछु। साथीभाइहरुसँग कुरा गर्दैछु। सिनियर साथीहरुसँग पनि कुरा गर्छु।’

अहिले शतप्रतिशत भन्न नसकिने उनी बताउँछन्। 

गएका केही महिनामा कोइराला र युवा नेता गगन थापा केही जिल्लामा पुगेर एउटै मञ्चबाट सम्बोधन पनि गरेका छन्।

कांग्रेसको भावी नेतृत्व ती दुई नेतामा आए कांग्रेसले पुनर्जीवन प्राप्त गर्ने धेरै कांग्रेसी कार्यकर्ताको बुझाई पनि छ। के शेखर सभापति र गगन महामन्त्री बन्लान्?
‘चर्चा चलेको छ, छलफल गर्दैछौं’, शेखरले छोटो उत्तर फर्काए।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्