काठमाडौं– रकसी पिएर प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै जथाभावि बोल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई गोकर्णेश्वर बस्ने ३५ वर्षीय राजु लामा र धनकुटा हिले घर भई गोकर्णेश्वर बस्ने २२ वर्षीया सरिता बस्नेत छिन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोकर्णेश्वरबाट मंगलबार पक्राउ गरेको हो । उनीहरुले १०० मा फोन गर्दै काठमाडौंका विभिन्न स्थानमा घटना घटेको भन्दै बारम्बार झुटो उजुरी दिने गरेको प्रहरीले जनाएको छ। फोन गरेर झुटो उजुरी नदिन पटक पटक सम्झाउँदा समेत उल्टै प्रहरीलाई नै जथाभावि गाली गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरुले आफूहरुले रक्सी खाएर नसमा त्यसो गरेको प्रहरी समक्ष बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।