• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओलीले यसकारण घटाउन सकेनन् भ्रष्टाचार

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  ०३:२३
1140x725

काठमाडौं – कहिलेकाहीँ गज्जबका संयोग बन्छन्। आज त्यस्तै एउटा संयोग बन्यो नेपालको भ्रष्टाचारबारे। 

सरकारको ‘ड्राइभिङ सिट’मा आसीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको एक कुनाबाट भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन। देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

'भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भने एकलब्य नारा दोहोर्‍याइरहेका प्रधानमन्त्रीलाईलाई पुनः त्यो दोहोर्‍याउने मौको मिलेको हो, सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सव कार्यक्रम। 

हलचोकबाट प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचारीको अनुहारसमेत नेहर्ने’ उद्घोष गरिरहँदा राजधानीकै अर्को कुनामा आयोजित कार्यक्रमबाट सार्वजनिक प्रतिवेदनले भने प्रधानमन्त्रीको त्यो भनाइलाई फिक्का सावित गरिरहेको थियो। भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले आजै  काठमाडौंको अनामनगरबाट सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८’ले नेपालमा हुने भ्रष्टाचार कुनै कमि नआएको देखाएको छ । यसले अहिलेको दुईतिहाइ प्राप्त बलियो सरकारले भाषणमा गरेजस्तो भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता व्यवहारमा अनुवाद नभएको देखाएको छ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखाएको छ। वाइडबडी भ्रष्टाचार प्रकरण र ३३ किलो सुन काण्डमाथिको छानविनमा सरकारले देखाएको फितलो प्रदर्शनले जनतामा विश्वास दिलाउन  सकेन।

टीआईले सार्वजनिक गरेको सूचकाङ्कले अघिल्लो वर्षको दाँजोमा अहिले पनि भ्रष्टचार घट्न नसेको देखाएको छ । १ सय ८० देशलाई समावेश गरी गरेको सर्वेक्षणमा नेपालले यसवर्ष ३१ अंक प्राप्त गर्दै १२४ औं स्थान परेको छ, जुन अघिल्लो वर्ष १२२ औ स्थानमा  थियो। नेपालले सन् २०१७ मा पनि ३१ अंक नै पाएको थियो। 

कूल सय अंकमा ८८ अंक प्राप्त गर्दै डेनमार्क विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने  देश बनेको छ भने सबै भन्दा कम १० अंक प्राप्त गरी द्वन्द्वग्रस्त मुलुक सोमालिया सूचिको पुच्छारमा छ। दक्षिण एशियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंक प्राप्त गरी पहिलो स्थानमा पुगेको छ भने अफगानिस्तान १६ अंक प्राप्त गरी पुच्छारमा छ। नेपाल भने ३१ अंक प्राप्त गरि छैटौं स्थानमा छ। त्यस्तै भारत ४१ अंक प्राप्त गरी दोस्रो र श्रीलंका ३८ अंक प्राप्त गरी तेस्रो स्थानमा छ। पाकिस्तान ३३ अंक प्राप्त गरी चौथो, मालदिभ्स ३१ अंक प्राप्त गरी पाँचौं र बंगलादेश २६ अंक प्राप्त गरी सातौं स्थानमा छन। छिमेकी मुलुक चीनले ३९ अंक प्राप्त गरी विश्व बरियतमा ८७ औं स्थानमा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

'राजनीति, सार्वजनिक सेवा र न्यायलयको भ्रष्टाचारमा सुधार आएन'

टिआईले भ्रष्टाचार सुचकाङको सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ । यस सूचीमा नेपाललाई भने सन् २००४ देखि समावेश गर्न थालिएको हो। टिआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)ले नेपालमा राजनीति, सार्वजनिक सेवा, न्यायलय लगायतका क्षेत्रमा हुने भ्रष्टाचारमा कुनै सुधार नआएको देखाएको छ।  विगत १ वर्षभित्र नेपालमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत गरी ६ वटा संस्थाले विभिन्न क्षेत्रमा गरेका सर्वेक्षणका आधारम सिपिपीआई सूची तयार पारिएको थियो, जसमा नेपालले ३१ अंक मात्रै पाएको हो। 

‘यति बलियो सरकार आउँदा भ्रष्टचारविरुद्ध केही गरिरहेको छ है भन्ने सन्देश सरकाले जनतालाई दिन सकेन।बिचौलीयाहरु हरेक क्षेत्रमा हावी भइरहेका छन।’

‘निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ,’ टिआईले सार्वजनिक गरेको सूचकाङ्कमा भनिएको छ, ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको  छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्व बैंकले सार्वजनिक क्षेत्र/पदाधिकारीहरुको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमाथिको पहुँचबारे सर्वेक्षण गरेको थियो भने वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा सर्वेक्षण गरेको थियो। त्यस्तै ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात निर्यातमा भ्रष्टाचारबारे, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट हुने भ्रष्टाचार नियन्त्रण बारे, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगका विषयमा र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भिडिइएम) ले राजनीतिक भ्रष्टाचार विषयमा सर्वेक्षण गरेका थिए।

किन घटेन भ्रष्टाचार?
सार्वजनिक सूचकाङकले भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार नभएको देखाएपछि प्रश्न उब्जिएको छ — भ्रष्टाचार विरुद्ध शून्यसहनशीलता देखाउँछु’ भन्ने दुई तिहाइ प्राप्त शक्तिशाली सरकार हुँदा पनि भ्रष्टाचार किन घटेन ? ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी निर्वाचनपछि आएको सरकारदेखि कर्मचारीसम्मको काम गर्ने तौरतरिकामा परिवर्तन नआएका कारण भ्रष्टचारमा कुनै कमि नआएको बताउँछन्। ‘राजनीतिक  भ्रष्टाचार यथावत छ,’  रेग्मीले नेपाल लाइभसँग भने, ‘यति बलियो सरकार बनेको छ। हामी धेरैलाई लागेको थियो अब भ्रष्टाचार कम हुन्छ। सरकारले पनि सुरुमा सिन्डिकेट हटाउने भनेर धेरै प्रचार गर्‍यो, केही काम गरेजस्तो पनि गर्‍यो तर परिणाम केही भएन। सरकार र कर्मचारीको काम गर्ने तौरतरिकामा खासै परिवर्तन आएन।’

वाइडबडी भ्रष्टाचार प्रकरण र ३३ किलो सुन काण्डमाथिको छानविनमा सरकारले देखाएको फितलो प्रदर्शनले जनतामा विश्वास दिलाउन नसकेको रेग्मीले बताए। उनले भने, ‘यति बलियो सरकार आउँदा भ्रष्टचारविरुद्ध केही गरिरहेको छ है भन्ने सन्देश सरकाले जनतालाई दिन सकेन।’ बिचौलीयाहरु हरेक क्षेत्रमा हावी भइरहेको भन्दै उनले नेपालमा सुशासन भएको प्रत्याभूति नै गराउन सरकारले नसकेको बताए। ‘एकजना प्रदेश मन्त्रीले आफूले भनेको आईएनजीओलाई सरकारी आयोजनामा नपारेको भन्दै सचिवलाई नै कुटे,’ उनले भने, ‘यसले सुशासन छैन भन्ने देखाउँछ।’ 

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भने प्रधानमन्त्रीको बोली ओठे प्रतिवद्धताका रुपमा सिमित भएको उनी बताउँछन्। ‘उहाँको ओठे प्रतिवद्धता मात्रै देखियो,’ उनले भने, ‘उहाँले भनेको कुरा व्यवहारमा उत्रिएन । भ्रष्टचार कम गर्न सरकारले नै पहल गर्नुपर्छ तर सरकार गफमा मात्रै अल्झियो।’ आफूले बोलेका कुरामाथि ‘एक्सन’मा उत्रन प्रधानमन्त्रीलाई उनको सुझाव छ। 

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ०३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा
सम्बन्धित सामग्री
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्