• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओलीले यसकारण घटाउन सकेनन् भ्रष्टाचार

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  ०३:२३
1140x725

काठमाडौं – कहिलेकाहीँ गज्जबका संयोग बन्छन्। आज त्यस्तै एउटा संयोग बन्यो नेपालको भ्रष्टाचारबारे। 

सरकारको ‘ड्राइभिङ सिट’मा आसीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको एक कुनाबाट भने, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन। देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

'भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भने एकलब्य नारा दोहोर्‍याइरहेका प्रधानमन्त्रीलाईलाई पुनः त्यो दोहोर्‍याउने मौको मिलेको हो, सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सव कार्यक्रम। 

हलचोकबाट प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचारीको अनुहारसमेत नेहर्ने’ उद्घोष गरिरहँदा राजधानीकै अर्को कुनामा आयोजित कार्यक्रमबाट सार्वजनिक प्रतिवेदनले भने प्रधानमन्त्रीको त्यो भनाइलाई फिक्का सावित गरिरहेको थियो। भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले आजै  काठमाडौंको अनामनगरबाट सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८’ले नेपालमा हुने भ्रष्टाचार कुनै कमि नआएको देखाएको छ । यसले अहिलेको दुईतिहाइ प्राप्त बलियो सरकारले भाषणमा गरेजस्तो भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता व्यवहारमा अनुवाद नभएको देखाएको छ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखाएको छ। वाइडबडी भ्रष्टाचार प्रकरण र ३३ किलो सुन काण्डमाथिको छानविनमा सरकारले देखाएको फितलो प्रदर्शनले जनतामा विश्वास दिलाउन  सकेन।

टीआईले सार्वजनिक गरेको सूचकाङ्कले अघिल्लो वर्षको दाँजोमा अहिले पनि भ्रष्टचार घट्न नसेको देखाएको छ । १ सय ८० देशलाई समावेश गरी गरेको सर्वेक्षणमा नेपालले यसवर्ष ३१ अंक प्राप्त गर्दै १२४ औं स्थान परेको छ, जुन अघिल्लो वर्ष १२२ औ स्थानमा  थियो। नेपालले सन् २०१७ मा पनि ३१ अंक नै पाएको थियो। 

कूल सय अंकमा ८८ अंक प्राप्त गर्दै डेनमार्क विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने  देश बनेको छ भने सबै भन्दा कम १० अंक प्राप्त गरी द्वन्द्वग्रस्त मुलुक सोमालिया सूचिको पुच्छारमा छ। दक्षिण एशियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंक प्राप्त गरी पहिलो स्थानमा पुगेको छ भने अफगानिस्तान १६ अंक प्राप्त गरी पुच्छारमा छ। नेपाल भने ३१ अंक प्राप्त गरि छैटौं स्थानमा छ। त्यस्तै भारत ४१ अंक प्राप्त गरी दोस्रो र श्रीलंका ३८ अंक प्राप्त गरी तेस्रो स्थानमा छ। पाकिस्तान ३३ अंक प्राप्त गरी चौथो, मालदिभ्स ३१ अंक प्राप्त गरी पाँचौं र बंगलादेश २६ अंक प्राप्त गरी सातौं स्थानमा छन। छिमेकी मुलुक चीनले ३९ अंक प्राप्त गरी विश्व बरियतमा ८७ औं स्थानमा रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

'राजनीति, सार्वजनिक सेवा र न्यायलयको भ्रष्टाचारमा सुधार आएन'

टिआईले भ्रष्टाचार सुचकाङको सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ । यस सूचीमा नेपाललाई भने सन् २००४ देखि समावेश गर्न थालिएको हो। टिआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)ले नेपालमा राजनीति, सार्वजनिक सेवा, न्यायलय लगायतका क्षेत्रमा हुने भ्रष्टाचारमा कुनै सुधार नआएको देखाएको छ।  विगत १ वर्षभित्र नेपालमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत गरी ६ वटा संस्थाले विभिन्न क्षेत्रमा गरेका सर्वेक्षणका आधारम सिपिपीआई सूची तयार पारिएको थियो, जसमा नेपालले ३१ अंक मात्रै पाएको हो। 

‘यति बलियो सरकार आउँदा भ्रष्टचारविरुद्ध केही गरिरहेको छ है भन्ने सन्देश सरकाले जनतालाई दिन सकेन।बिचौलीयाहरु हरेक क्षेत्रमा हावी भइरहेका छन।’

‘निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ,’ टिआईले सार्वजनिक गरेको सूचकाङ्कमा भनिएको छ, ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको  छ।’

विश्व बैंकले सार्वजनिक क्षेत्र/पदाधिकारीहरुको काम कारबाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमाथिको पहुँचबारे सर्वेक्षण गरेको थियो भने वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा सर्वेक्षण गरेको थियो। त्यस्तै ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात निर्यातमा भ्रष्टाचारबारे, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट हुने भ्रष्टाचार नियन्त्रण बारे, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरुद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगका विषयमा र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भिडिइएम) ले राजनीतिक भ्रष्टाचार विषयमा सर्वेक्षण गरेका थिए।

किन घटेन भ्रष्टाचार?
सार्वजनिक सूचकाङकले भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार नभएको देखाएपछि प्रश्न उब्जिएको छ — भ्रष्टाचार विरुद्ध शून्यसहनशीलता देखाउँछु’ भन्ने दुई तिहाइ प्राप्त शक्तिशाली सरकार हुँदा पनि भ्रष्टाचार किन घटेन ? ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी निर्वाचनपछि आएको सरकारदेखि कर्मचारीसम्मको काम गर्ने तौरतरिकामा परिवर्तन नआएका कारण भ्रष्टचारमा कुनै कमि नआएको बताउँछन्। ‘राजनीतिक  भ्रष्टाचार यथावत छ,’  रेग्मीले नेपाल लाइभसँग भने, ‘यति बलियो सरकार बनेको छ। हामी धेरैलाई लागेको थियो अब भ्रष्टाचार कम हुन्छ। सरकारले पनि सुरुमा सिन्डिकेट हटाउने भनेर धेरै प्रचार गर्‍यो, केही काम गरेजस्तो पनि गर्‍यो तर परिणाम केही भएन। सरकार र कर्मचारीको काम गर्ने तौरतरिकामा खासै परिवर्तन आएन।’

वाइडबडी भ्रष्टाचार प्रकरण र ३३ किलो सुन काण्डमाथिको छानविनमा सरकारले देखाएको फितलो प्रदर्शनले जनतामा विश्वास दिलाउन नसकेको रेग्मीले बताए। उनले भने, ‘यति बलियो सरकार आउँदा भ्रष्टचारविरुद्ध केही गरिरहेको छ है भन्ने सन्देश सरकाले जनतालाई दिन सकेन।’ बिचौलीयाहरु हरेक क्षेत्रमा हावी भइरहेको भन्दै उनले नेपालमा सुशासन भएको प्रत्याभूति नै गराउन सरकारले नसकेको बताए। ‘एकजना प्रदेश मन्त्रीले आफूले भनेको आईएनजीओलाई सरकारी आयोजनामा नपारेको भन्दै सचिवलाई नै कुटे,’ उनले भने, ‘यसले सुशासन छैन भन्ने देखाउँछ।’ 

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भने प्रधानमन्त्रीको बोली ओठे प्रतिवद्धताका रुपमा सिमित भएको उनी बताउँछन्। ‘उहाँको ओठे प्रतिवद्धता मात्रै देखियो,’ उनले भने, ‘उहाँले भनेको कुरा व्यवहारमा उत्रिएन । भ्रष्टचार कम गर्न सरकारले नै पहल गर्नुपर्छ तर सरकार गफमा मात्रै अल्झियो।’ आफूले बोलेका कुरामाथि ‘एक्सन’मा उत्रन प्रधानमन्त्रीलाई उनको सुझाव छ। 

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ०३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
सम्बन्धित सामग्री
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध उदयपुर कटारी नगरपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब... आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई यही वैशाख १२ गतेदेखि... आइतबार, वैशाख २७, २०८३
सप्तरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट स्थानीय रामअवतार यादवको गाई गोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुई वटा घर र एउटा गाई गोठ, छिमेकी जुगाइ यादवको दुई वटा घर र एउट... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्