तनहुँ- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन्।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता पौडेलले भने, 'भ्रष्टाचार मौलाउँदै गएकाले यसको न्यूनीकरण समयमै गर्न नसके लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ।'
सरकारलाई बेलैमा झक्झकाउन नसके लोकतन्त्र खतरामा पर्ने उनको भनाइ थियो।
'काङ्ग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः काङ्ग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,' उनले भने, 'नेकाले समाजमा परिवर्तन हुने गरी काम काम गर्छ जनतालाई झुक्याएर होइन।'
अब चुनाव धेरै टाढा नरहेको भन्दै नेता पौडैलले काङ्ग्रेसको नेतृत्वमा सरकार आउन सक्ने सम्भावना रहेको दाबी गरे। 'पहिलाकै स्थानमा पुग्न काङ्ग्रेसले कसरत गर्न आवश्यक छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।