लहान- अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएको छ। घटनापछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ।
सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा भेटिएपछि बाबु तुरुन्तीलाल बडही पक्राउ परेका हुन्।
घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशङ्का गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।