काठमाडौं– आमाको हत्या गरेर जेलबाटै फरार भएका एक व्यक्तिलाई १८ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ। पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका ३६ वर्षीय एकेन्द्रबहादुर खड्का छन्।
भारतको सिम्लामा लुकेर बसेका उनी बेलाबेलामा नेपाल आउने जाने गरेका थिए। सोही क्रममा उनलाई गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
२०५६ सालमा आमा सुइती कुमारीको घाँटी रेटी एकेन्द्रले हत्या गरेका थिए। उनलाई त्यसबेलै जिल्ला अदालत सल्यानले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
१ वर्ष ७ महिना २५ दिनको कैदसमेत भुक्तान गरेका खड्का २०५८ फागुन २३ गते जिल्ला कारागारको पर्खाल नाघेर फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।