सुर्खेत- सुर्खेतस्थित इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिक एक कटेजमा चलाइएकाे जुवाखालबाट ५ जुवाडे पक्राउ गरेको छ।
नगद ४१ हजार ९ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
त्यसैगरी, प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।