बनेपा- राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले संविधानमा उल्लेख भएका विषयवस्तुका आधारमा स्थानीय तहले पनि आफ्नो सापेक्षतामा धेरै नमूना काम गर्नसक्ने भएकाले जनप्रतिनिधिमा योजना र इच्छाशक्ति हुनुपर्ने बताएका छन्।
धुलिखेल नगरपालिकाको आयोजनामा साेमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘सूचनाको हक र स्थानीय सरकार सञ्चालन कार्यविधिसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’मा उनले स्थानीय तहले आचारसंहिता बनाएर काम गर्न सकेमा थप सफलता मिल्ने विश्वास व्यक्त गरे।
धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले नगरको विकास निर्माण र नगरपालिकाको काम, कर्तव्य र अधिकारका विषयमा कानूनले प्रदान गरेका अधिकार क्षेत्रहरुसँगै अनुभवका आधारमा गरिएको कामले नगरवासिन्दाको जीवनस्तरमा समृद्धि ल्याउनसक्ने दाबी गरे।
प्रत्येक गाउँ र नगर समृद्ध भयो भने मुलुक नै समृद्ध हुने भएकाले त्यसतर्फ आफू सदैब सचेत भएर काम गरिरहेको पनि उनकाे भनाइ थियाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।