काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण यो साता नेपालभरको मौसममा बदली आयो। वर्षा तथा उल्लेख्य मात्रामा हिमपात हुँदा जनजिवन प्रभावित भयो।
जनस्वास्थ्य तथा दैनिक जीवनयापनमा कठिनाइ रहे पनि किसान तथा मनोरन्जनका लागि भने धेरैले यो अवस्थालाई अवसरका रुपमा लिए। खेतबारीमा लगाइएको बालीनाली वर्षा तथा हिमपातका कारण सप्रिने भन्दै किसानहरु हर्षित बनेका हुन्।
उता हिउँसँग खेल्ने तथा हिमपातको आनन्द लिनको पनि कमी थिएन। हिउँ परेका विभिन्न स्थानहरुमा पुगेर खेल्ने र हिमपातको आनन्द लिनेको संख्या वृद्धि भएपछि विभिन्न पर्यटकीय स्थलमा रहेका होटल तथा लजहरु भरिभराउ भएका थिए।
चाखलाग्दो कुरा त के छ भने हिउँसँग विभिन्न तवरबाट खेलेका तथा रमाएका विभिन्न पोजका तस्बिरहरु यो समयमा सामाजिक सञ्जालमा बढी पोस्ट भए। कतिपयले सामाजिक सञ्जालमै पोस्ट गर्नकै लागि भए पनि असामान्य तवरबाट फोटो तथा सेल्फी खिचिएको देख्न पाइयो।
टोपी, चस्मा तथा गलबन्दी आदि कपडा लगाइदिएर हिउँबाट बनाइएका मानव आकृति पनि यसपटक धेरैको नजरमा परे। हिउँमा रमाउन बालक तथा वृद्धहरुको पनि उत्तिकै चाख रहेको देख्न पाइयो।
हेरौं हिउँसँग रमाउँदै गरेका केही तस्बिरहरु:






{तस्बिर : रासस}
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।