काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौंबाट प्रदीप रावल र कञ्चनपुरबाट विशाल चौधरीलाई पक्राउ गरेको थियो।
उनीहरुलाई निर्मला हत्यामा प्रकरणमा अनुसन्धान गर्न भनेर पक्राउ गरिए पनि पछि प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै उनीहरु अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिएको थियो।
आयोगको टोलीले उक्त काम कानुन विपरित भएको ठहर गरेको छ। यस क्रममा स्वच्छ सुनुवाइको पालना नभएको बताइएको छ।
पक्राउ परेकाहरू उनीहरूको डिएनए जाँच र पोलिग्राफसमेत परीक्षण गरिएको थियो।
पोलिग्राफ र डिएनए दुवै नमिलेपछि उनीहरु रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।