काठमाडौं– बाघको ५६ थान हड्डीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई आफ्नै घरबाट र सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई बल्खुबाट प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले बाघको ५६ थान हड्डी बरामद गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको प्रहरीले सविताको घर तलासी गर्दा बाघको हड्डी फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।