काठमाडौं– मकवानपुर प्रहरीले भरुवा बन्दुक र बारुदसहित एक वृद्धलाई पक्राउ गरेको छ। गढी गाउँपालिका–२ गढी बस्ने ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुदसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी उक्त बन्दुकसहित पक्राउ गरिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।