काठमाडौं– राष्ट्रिय जनता पार्टीले शुक्रबार धनुषामा भएको जन्ती बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।
सिन्धुलीको दुधौलीबाट जन्ती गएको बस फर्किँदै गर्दा धनुषाको बल्टिया कोठियामा करेन्ट लाग्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
राजपाले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई क्षतिपुर्ति र घाइतेको उपचारका लागि सरकारसँग माग गरेको छ।
११ हजार भोल्ट विद्युत प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसले छोएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।