सुरुङ्गा- झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन्।
हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए।
उक्त उद्योग पर्शुराम अग्रवालले सञ्चालन गरेका हुन्। व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।