काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने नेपाल विद्यार्थी संघका ४ कार्यकर्ता पक्राउ परेका छन्।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झन्डा देखाउने क्रममा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे र सुदीप अधिकारी रहेका छन्।
पक्राउ परेकाहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा राखेको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।