काठमाडौं- प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बांगेमुडाबाट १ हजार ४५ थान एम्पुल, १ हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम चरेससहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापामगर, सिन्धुपाल्चोक चाकु मार्तिवाङका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए।
उनीहरुको साथबाट १४ हजार नगद र १२ वटा मोबाइल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।