काठमाडौं– बुधबार भएको वर्षाले काठमाडौं चिसिएको छ। यही चिसोमा थानकोटस्थित इँटा भट्टाका श्रमिकहरू भने रमाउँदै काम गरिरहेका छन्।
केही श्रमिक भट्टामा कोइला राखिरहेका छन् भने कोही आगो तापिरहेका छन्। एक महिला श्रमिक भने बच्चा बोकेर भट्टामा आगो तापिरहेकी छन्।
यद्यपि, अरुबेला भन्दा चिसोमा काम गर्न आफूहरुलाई सजिलो हुने उनीहरू बताउँछन्। अन्य बेला आगोको तापले गर्दा काम गर्न अफ्ठेराे हुन्छ।
तर, चिसोमा न्यानो हुने भएकाले काम गर्न रमाइलो हुने श्रमिकहरूको भनाइ छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।