विराटनगर– भ्रुण हत्या आरोपमा प्रहरीले तेह्रथुमबाट आमा–छोरीलाई पक्राउ गरेको छ।
छथर गाउँपालिका १ आङदिमकी ४५ वर्षीया कल्पना शेर्पा र उनकी छोरी २० वर्षिया दालमु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
छोरी दालमुको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले उजुरी गरेपछि दुवैलाई पक्राउ गरिएको प्रहरी चौकी शुक्रबारेले जनाएको छ। भ्रुण हत्या गरी उत्तिसको घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा फेला परको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।