• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीको कुटाइबाट सोमबहादुरलाई लगाउनुपर्‍यो ५२ टाँका, २ प्रहरी निलम्बित

64x64
नेपाल लाइभ बुधबार, माघ ९, २०७५  १४:२२
1140x725

काठमाडौं– सामान्य विवादपछि प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका सोमबहादुर बस्नेतलाई ५२ टाँका लगाउनुपरेको छ। बाग्लुङको हरिचौर गाउँपालिका–६ का ४० वर्षीय उनलाई गल्कोट–३ स्थित हटिया प्रहरी चौकीमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले कुटपिट गरेका थिए।

गत पुस २९ गते राति ९ बजे चौकीअगाडि उनीमाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका सोमबहादुरको शरीरमा ५२ टाँका लगाउनुपरेको परिवारले बताएका छन्। उनको हाल पोखराको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ।

कसरी भयो घटना?
सोमबहादुर १२ वर्षदेखि वैदेशिक रोजगारीमा थाइल्यान्डमा थिए। उनका दुई छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ भने जेठो छोरा सागर १२ र कान्छो संगम ७ कक्षामा अध्ययनरत छन्।

८२ वर्षीय वृद्ध बुवा बिरामी भएकाले सोमबहादुर गत असोजमा बिदा मिलाएर घर आएका थिए। उनकी श्रीमती कृष्णकुमारीले घरमा किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। 

किराना पसलमा दिउँसोभर बसेका सोम दिउँसो साढे ४ बजे ‘बैठक छ गल्कोट जान्छु’ भन्दै पसलबाट निस्किए।

पसलबाट सद्दे गएका सोम राति १० बजे घर आउँदा भने निन्याउरो मुख लगाउँदै फर्किए। श्रीमतीले चासो राखेर सोधेपछि उनले प्रहरीको कुटाइबाट पेट दुखेको खुलाएका थिए। 

कुटपिटकै कारण उनको शरीरमा ३ लिटरभन्दा बडी रगत जमेको डाक्टरले बताएका थिए। अप्रेसनपछि ५२ टाँका लगाइएका सोम अहिले पनि अस्पतालमै छन्।

बिक्की गैर, कृष्ण केसी र सोम बैठकबाट घर फर्किंदै थिए। राति ९ बजे हटिया प्रहरी चौकीमा पुगेपछि बिक्कीले एक प्रहरी जवानसँग हात मिलाए। हात मिलाउँदै प्रहरीले थाहा पाइसकेको थियो- उनीहरु रक्सीले टिल्ल थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि प्रहरीले उनीहरुलाई गाली गरे। सोमले 'किन गाली गरेको' भन्दै अंग्रेजीमा प्रहरीलाई प्रश्न गरे। 'नेपाली भएर बढी जान्ने हुँदै अंग्रेजी बोल्छस्' भन्दै प्रहरी निर्मम कुटपिट गरेको पीडित सोमको भनाइ छ।

कुटपिट गर्नेमा प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापा थिए। यसबारे बाग्लुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘कुटपिट भएको प्रहरी जवानले स्वीकार गरेका छन्। रक्सी खाँदै हल्ला गर्दै हिँड्ने भनेर सम्झाउँदा विवाद भएपछि कुटपिट भएको हो। ती प्रहरीलाई कारबाही गर्छौं।’

लगाउनुपर्‍यो ५२ टाँका, ४ लाख खर्च
कुटाइबाट थलिएर घर पुगेका सोमलाई परिवारले नजिकैको मेडिकल लगेको थियो। त्यहाँ भिडियो एक्स-रे गर्दा केही देखिएन। तर उनको पेट दुख्ने क्रम भने रोकिएको थिएन। मेडिकलबाट घर फर्किएपछि उनलाई रिंगटा लाग्न थाल्यो। वान्ता भयो। पखाला लाग्यो। त्यसपछि परिवारले उनलाई पोखराको फेवासिटी अस्पताल पुर्याएपछि डाक्टरले भने, 'रगत जमेको छ। पित्त नली र फियोसमेत फुटेकाले तत्कालै अप्रेसन गर्नुपर्छ।’

कुटपिटकै कारण उनको शरीरमा ३ लिटरभन्दा बडी रगत जमेको डाक्टरले बताएका थिए। अप्रेसनपछि ५२ टाँका लगाइएका सोम अहिले पनि अस्पतालमै छन्।

उनको पेट दुख्ने क्रम भने रोकिएको थिएन। मेडिकलबाट घर फर्किएपछि उनलाई रिंगटा लाग्न थाल्यो। वान्ता भयो। पखाला लाग्यो।

अप्रेसन र औषधिसमेत गरी अहिलेसम्म उनको ४ लाख खर्च भइसकेको छ। त्यसमध्ये २ लाख भने कुट्ने प्रहरीले जुटाइदिए। यसबारे एसपी रेग्मीले भने, ‘पीडितलाई क्षतिपूर्ति दिलाउनेबारे हामी छलफल गरिरहेका छौं।’

कुटपिट गर्ने प्रहरी निलम्बित
सोमबहादुरलाई कुटपिट गर्ने दुई प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ तानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जवानद्वय विष्ट र थापा निलम्बनमा परिसकेका छन्। उनीहरु पुस ४ गते निलम्बित भइसकेको एसपी रेग्मीले बताए। थप कारबाहीका लागि पनि अनुसन्धान जारी भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्