काठमाडौं- गाेंगबुमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।
हतियार कारोबारी भएको आशंकामा अभिलाश तामाङ नाम गरेका व्यक्तिलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिकार स्वरुप गोली चलेको भनाइ प्रहरीको छ।
तामाङको खुट्टामा गोली लागेपछि उपचारार्थ शिक्षण अस्पताल लगिएको छ। उनलाई डिएसपी होविन्द्र वोगटीको टोलीले गोली चलाएको बताइएको छ।
प्रहरीले अभिलासको साथबाट गोलीसहितको पेस्तोल बरामद गरेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।