राजविराज– लागुऔषध ओसार–पसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाको लहान नगरपालिका–२३ का १८ वर्षिय भरत यादवलाई सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सत्रुधन चोकबाट पक्राउ गरिएको हो।
उनको साथबाट नुर्फिन २९ थान, फेनारागन ५१ थान, डाइजेल्याप ५० थान, नाइट्रोभेट ६ सय थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई खानतलासीका क्रममा सो लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।