काठमाडौं– रुपन्देही र कपिलवस्तुबाट २ भारतीय र १ नेपाली नागरिक गरी ३ जनालाई अवैध लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज चोकबाट भारत रक्सौल बस्ने २६ वर्षीय ताहिर अली र कपिलवस्तु कृष्णनगर नगरपालिका–१ स्थित मजदुरी गरी बस्ने भारत घर भएका ३२ वर्षीय मोहमद आलम मुसलवानलाई लागुऔषध चरेससहित आइतबार पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ४० किलो चरेश बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उनीहरुले बोकेको ३ वटा झोलामा ४ वटा प्लाष्टिकको ग्यालेनभित्र उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकबाट कास्की पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने २८ वर्षीय हेमबहादुर गुरुङ लागुऔषधसहित आइतबार पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध नुर्फिन ३० एम्पुल, फेनेरागन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, नाईट्रोसन १० एम्पुल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।