• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महेन्द्र यादव, जो केसीको हरेक अनसनमा धनुषाबाट खालीखुट्टा काठमाडौं आउँछन्

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  १६:१६
1140x725

काठमाडौं- अनसन थाल्नुअघिसम्म डा गोविन्द केसीसँग महेन्द्र यादवको कुनै साइनो-सम्बन्ध थिएन। जब केसी चिकित्सा शिक्षा सुधारका मुद्दा अघि सारेर अनसन बसे, धनुषाका यादवलाई आफन्त जस्तै लाग्न थाले। जति डा केसीको सत्याग्रह बढ्दै गयो, उनीप्रति यादवको आत्मीयता गाढा बन्दै गयो। आफूलाई भ्रष्टाचारविरोधी व्यक्ति ठान्ने यादवका डा केसी 'आइडल' हुन्। 

चिकित्सा शिक्षा सुधार लगायत सामाजिक न्यायका विभिन्न माग राखेर डा गोविन्द केसी १६औं अनसनरत छन् यतिबेला। उनकै उमेरका धनुषाका महेन्द्र यादव समर्थन जनाउन १६औं पल्ट खालीखुट्टा काठमाडौं आइपुगेका छन्। 

‘खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने हरव्यक्तिको आफन्त हो ऊ। उसले हाम्रै कुरा त बोलिरहेछ,’ शनिबार माइतीघर मण्डलामा भेटिएका उनले भने। 

ज्यानमा डेढ इन्चको बाक्लो ज्याकेट, खुट्टामा घुँडासम्म आउने बुट र अनुहारधरी गलबन्दीले छोप्दा समेत जाडो हुने मौसममा उनको हुलिया देख्दै ‘कठ्याङ्ग्रिने’ खालको थियो। ज्यानमा एउटा सर्ट, खाली खुट्टामाथि लगाएको ट्राउजर पनि फोल्डिङ र टाउको ढाक्ने एउटा पातलो ह्याट। हातमा चन्द्रसूर्य झन्डा र कालोमैलो झोला अनि पिठ्युमा सानो ब्ल्याङ्केट। 

काठमाडौंका एकैखाले अनुहारवालाको जुलुसमा फरक मान्छे मिसिएपछि क्यामेराका लेन्स तेर्सिने नै भए। हामीले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको र्यालीमा उनलाई पछ्यायौं। केही समय हामीसँग कुराकानी गरे। धेरै समय उनले लागिरहेको नारामा स्वर मिलाए। घाँटीको नसा फुल्नेगरी चिच्याए।  उनी पनि चिच्याइरहेका थिए-

सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ
एक-दुई-तीन-चार हामी मान्ने छैनौ हार
पाँच-छ-सात-आठ माफियाको कान समात
जिकेसीको अनसन माफियालाई टेन्सन
माफियाका ताँती ओली सरकारका साथी…

Ncell 2
Ncell 2

डा केसीका मुद्दामा आफ्नो तर्फबाट जोडबल दिन काठमाडौं आइरहने यी आम किसानसँग काठमाडौंको महँगीसँग जुध्ने ‘हात्ती वा बाघ’ छैनन्। उनको मन भने हात्ती-बाघभन्दा बलियो छ। त्यसैले त माघको ठन्डीमा खाली खुट्टा काठमाडौं आइपुगेका छन्। भनिरहेका छन्– मेडिकल माफिया मुर्दाबाद।

उनको खालीखुट्टातिर क्यामेरा सोझ्याउँदै हामीले सोध्यौं, 'ठन्डी लाग्दैन?' 

उनले प्रतिप्रश्न गरे, ‘डाक्टर गोविन्दलाई भुख लाग्दैन?’

‘उसलाई भुख लाग्दैन, हामीलाई ठन्डी लाग्दैन,’ उनी भन्दै गए, ‘जुन दिन उसलाई भुख लाग्छ, हामीलाई त्यही दिन ठन्डी लाग्छ।’ 

डा केसीका माग पूरा नहुन्जेल खाली खुट्टै हिँड्ने लक्ष्य लिएका रहेछन् उनले। ‘डा केसीलाई भुख लाग्ने र आफूलाई ठन्डी लाग्ने दिन आओस्,’ उनले अपेक्षा गरे। 

केसी पहिलोपटक अनसन बस्दा पनि यादव काठमाडौं आएका थिए। त्यसयताका १६ वटै अनसनमा उनको उपस्थिति छ। हरेक र्‍याली वा प्रदर्शनमा सहभागी हुन्छन्। केसीको पक्षमा उभिन्छन्। जब अनसन तोडिन्छ, उनी धनुषा फर्किन्छन्।

काठमाडौंमा उनको बस्ने ठाउँ छैन। कहिलेकाहीँ चिनेजानेका मान्छेका अफिस वा संघसंस्थाका कार्यालयमा ओत पाउँछन्। कहिलेकाहीँ अभरै पर्छन्। त्यो अभरबाट जोगाउन उनको साथमा छ, सानो कम्बल जुन पिठ्युमा भिरेका छन्। झोलामा केही खानेकुरा छन्, जसले भोक मेटाउन त सक्दैन तर भोक तर्साउने खजानाको काम गर्छ। 

डा केसीले उठाएका मागबारे सदनमा बहस चलिरहेको छ, सामाजिक सञ्जालमा तर्कवितर्क भइरहेछन्। डा केसीलाई सही भन्नेहरु पनि छन्। ‘उनी सही हुन् तर…’ भनेर केही मागमा ‘तर’ लगाउनेहरु छन्। पटक्कै सहमत नहुनेहरु छन्। बहुला, पागल, एजेन्ट भनेर गाली गर्नेहरु पनि नभएका होइनन्। 

यी सबसँग यी यादवलाई लिनुदिनु केही छैन। उनलाई लाग्छ, ‘असल मान्छेले उठाएका मुद्दा असल हुन्छन्। असलले असल तरिकाले बुझ्छन्, खराबले खराब तरिकाले।’

आफूजस्ता सर्वसाधारणको मुद्दा उठाएको एक वर्ग डा केसीसँग सुरुदेखि नै बेखुस छ भन्ने उनलाई थाहा छ। त्यो वर्गले डा केसीका विषयमा बखेडा निकालिरहन्छ भन्ने उनको बुझाइ छ। उनको सबैलाई भन्नु यत्ति छ, ‘डा केसी ठिक छ। ऊ ठिक माग राख्छ।’

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा
मन्त्रिपरिषद् बैठक बस्दै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्