• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महेन्द्र यादव, जो केसीको हरेक अनसनमा धनुषाबाट खालीखुट्टा काठमाडौं आउँछन्

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  १६:१६
1140x725

काठमाडौं- अनसन थाल्नुअघिसम्म डा गोविन्द केसीसँग महेन्द्र यादवको कुनै साइनो-सम्बन्ध थिएन। जब केसी चिकित्सा शिक्षा सुधारका मुद्दा अघि सारेर अनसन बसे, धनुषाका यादवलाई आफन्त जस्तै लाग्न थाले। जति डा केसीको सत्याग्रह बढ्दै गयो, उनीप्रति यादवको आत्मीयता गाढा बन्दै गयो। आफूलाई भ्रष्टाचारविरोधी व्यक्ति ठान्ने यादवका डा केसी 'आइडल' हुन्। 

चिकित्सा शिक्षा सुधार लगायत सामाजिक न्यायका विभिन्न माग राखेर डा गोविन्द केसी १६औं अनसनरत छन् यतिबेला। उनकै उमेरका धनुषाका महेन्द्र यादव समर्थन जनाउन १६औं पल्ट खालीखुट्टा काठमाडौं आइपुगेका छन्। 

‘खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने हरव्यक्तिको आफन्त हो ऊ। उसले हाम्रै कुरा त बोलिरहेछ,’ शनिबार माइतीघर मण्डलामा भेटिएका उनले भने। 

ज्यानमा डेढ इन्चको बाक्लो ज्याकेट, खुट्टामा घुँडासम्म आउने बुट र अनुहारधरी गलबन्दीले छोप्दा समेत जाडो हुने मौसममा उनको हुलिया देख्दै ‘कठ्याङ्ग्रिने’ खालको थियो। ज्यानमा एउटा सर्ट, खाली खुट्टामाथि लगाएको ट्राउजर पनि फोल्डिङ र टाउको ढाक्ने एउटा पातलो ह्याट। हातमा चन्द्रसूर्य झन्डा र कालोमैलो झोला अनि पिठ्युमा सानो ब्ल्याङ्केट। 

काठमाडौंका एकैखाले अनुहारवालाको जुलुसमा फरक मान्छे मिसिएपछि क्यामेराका लेन्स तेर्सिने नै भए। हामीले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको र्यालीमा उनलाई पछ्यायौं। केही समय हामीसँग कुराकानी गरे। धेरै समय उनले लागिरहेको नारामा स्वर मिलाए। घाँटीको नसा फुल्नेगरी चिच्याए।  उनी पनि चिच्याइरहेका थिए-

सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ
एक-दुई-तीन-चार हामी मान्ने छैनौ हार
पाँच-छ-सात-आठ माफियाको कान समात
जिकेसीको अनसन माफियालाई टेन्सन
माफियाका ताँती ओली सरकारका साथी…

Ncell 2
Ncell 2
nimb
nimb

डा केसीका मुद्दामा आफ्नो तर्फबाट जोडबल दिन काठमाडौं आइरहने यी आम किसानसँग काठमाडौंको महँगीसँग जुध्ने ‘हात्ती वा बाघ’ छैनन्। उनको मन भने हात्ती-बाघभन्दा बलियो छ। त्यसैले त माघको ठन्डीमा खाली खुट्टा काठमाडौं आइपुगेका छन्। भनिरहेका छन्– मेडिकल माफिया मुर्दाबाद।

उनको खालीखुट्टातिर क्यामेरा सोझ्याउँदै हामीले सोध्यौं, 'ठन्डी लाग्दैन?' 

उनले प्रतिप्रश्न गरे, ‘डाक्टर गोविन्दलाई भुख लाग्दैन?’

‘उसलाई भुख लाग्दैन, हामीलाई ठन्डी लाग्दैन,’ उनी भन्दै गए, ‘जुन दिन उसलाई भुख लाग्छ, हामीलाई त्यही दिन ठन्डी लाग्छ।’ 

Xtrem

Xtrem

डा केसीका माग पूरा नहुन्जेल खाली खुट्टै हिँड्ने लक्ष्य लिएका रहेछन् उनले। ‘डा केसीलाई भुख लाग्ने र आफूलाई ठन्डी लाग्ने दिन आओस्,’ उनले अपेक्षा गरे। 

केसी पहिलोपटक अनसन बस्दा पनि यादव काठमाडौं आएका थिए। त्यसयताका १६ वटै अनसनमा उनको उपस्थिति छ। हरेक र्‍याली वा प्रदर्शनमा सहभागी हुन्छन्। केसीको पक्षमा उभिन्छन्। जब अनसन तोडिन्छ, उनी धनुषा फर्किन्छन्।

काठमाडौंमा उनको बस्ने ठाउँ छैन। कहिलेकाहीँ चिनेजानेका मान्छेका अफिस वा संघसंस्थाका कार्यालयमा ओत पाउँछन्। कहिलेकाहीँ अभरै पर्छन्। त्यो अभरबाट जोगाउन उनको साथमा छ, सानो कम्बल जुन पिठ्युमा भिरेका छन्। झोलामा केही खानेकुरा छन्, जसले भोक मेटाउन त सक्दैन तर भोक तर्साउने खजानाको काम गर्छ। 

डा केसीले उठाएका मागबारे सदनमा बहस चलिरहेको छ, सामाजिक सञ्जालमा तर्कवितर्क भइरहेछन्। डा केसीलाई सही भन्नेहरु पनि छन्। ‘उनी सही हुन् तर…’ भनेर केही मागमा ‘तर’ लगाउनेहरु छन्। पटक्कै सहमत नहुनेहरु छन्। बहुला, पागल, एजेन्ट भनेर गाली गर्नेहरु पनि नभएका होइनन्। 

यी सबसँग यी यादवलाई लिनुदिनु केही छैन। उनलाई लाग्छ, ‘असल मान्छेले उठाएका मुद्दा असल हुन्छन्। असलले असल तरिकाले बुझ्छन्, खराबले खराब तरिकाले।’

आफूजस्ता सर्वसाधारणको मुद्दा उठाएको एक वर्ग डा केसीसँग सुरुदेखि नै बेखुस छ भन्ने उनलाई थाहा छ। त्यो वर्गले डा केसीका विषयमा बखेडा निकालिरहन्छ भन्ने उनको बुझाइ छ। उनको सबैलाई भन्नु यत्ति छ, ‘डा केसी ठिक छ। ऊ ठिक माग राख्छ।’

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्