• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो डा केसीका लागि पार्टीको कारबाहीबाट पनि डराउँदैनन्

केसीलाई काठमाडौं ल्याउन नारायणकाजीको पहल
64x64
नेपाल लाइभ शुक्रबार, माघ ४, २०७५  २१:४८
1140x725

काठमाडौं– उही मागका लागि वरिष्ठ चिकित्सक डा गोविन्द केसी १६औँ अनसनमा छन्।

इलाममा १६औँ अनसनमा बसेको डा. केसीको अवस्था नाजुक भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत शुक्रबार बिहान काठमाडौं ल्याइयो।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले उनीसँगको सम्झौताविपरीत विधेयक पारित गरेपछि पुन: अनसन बसे। तर, १०औँ दिन पुगिसक्दा पनि अनसन टुंगिने छाँट देखिएको छैन।

आफ्नो स्वास्थ्य अवस्था नाजुक भइरहँदा पनि डा. केसीले आफ्नो मागबाट पछि हट्ने छनक देखाएका छैनन्। सरकार पनि त्यसप्रति त्यति संवेदनशील बनेको पाइएको छैन। 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराई लगायतका नेताहरू डा केसीको अनसनप्रति निकै आक्रामक देखिएका छन्। अन्तिम आशा गरिएका प्रधानमन्त्री केपी शर्मा ओली पनि डा केसीसँग भएका सहमतिअनुसार नै विधयेक ल्याउने कुरामा अहिलेसम्म सकरात्मक देखिएका छैनन्। 

शुक्रबार सांसदसँगको प्रश्नोत्तरमा पनि डा. केसीबारे उठेको प्रश्नमा सरकार संसदको सर्वाभौमिकताविरुद्ध नजाने भन्दै उम्किए। ‘खास जनताको सत्ता प्रयोग गर्ने संसद यसको सार्वभौकिताको प्रश्न हो,’ उनको जवाफ थियो, ‘संसदको सर्वोच्चताको हैसियतप्रति, विधेयक निर्माणप्रति म नतमस्तक छु।’

तर, चरम निराशाकाबीच पनि डा. केसी र सरकारबीच मिल्ने/मिलाउने कुरामा भेटघाट र परामर्श भइरहेका छन्। 

त्यस्ता भेटघाट र परामर्शको पहलकदमी लिने नेतामा पर्छन् नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ। पार्टी डा. केसीको अनसनप्रति असहिष्णु देखिए पनि उनी निरन्तर रुपमा दुई पक्षबीच समन्वय गरेर मिलाउने प्रयासमा लागिरहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अन्तिममा नरायणकाजीकै भर 

इलाममा गएर अनसन बसेका डा केसीको अवस्था नाजुक भएको खबर आएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रा केदारभक्त माथेमा, पूर्वसभामुख दमननाथ ढुंगाना र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी डा. अभिषेकराज सिंहसँग इलाम जाने सुरसार कसे।

डा. सिंह लामो समयदेखि डा. केसीको अनसन सहयोगीका रुपमा काम गरिरेहका छन्।

बिहीबार काठमाडौंबाट ११ बजे नै इलाम जाने योजना भए पनि जहाज भने तीन बजे मात्रै उड्यो। ‘फ्लाइट डिले’ भइसककाले  डा. केसी अनसनरत इलामको फुलगाँछी पुग्दा साँझको ६ बजिसकेको थियो। 

धरानबाट गएको विशेषज्ञ चिकित्सकको समूहले डाक्टर केसीको अवस्था नाजुक भएको बुधबार नै बताइसकेको थियो। 

धरानबाट गएको मेडिकल टिमलाई नेतृत्व गरेका डाक्टर डा. अभिषेकले उपचाररत टिमसँग डा केसीको स्वास्थ्यबारेमा ‘डिटेल’ लिए। केसीको नाजुक अवस्था त्यस ब्रिफिङबाट नै उनले बुझिहाले। त्यसपछि जति सक्यो चाँडो केसीलाई काठमाडौं ट्रान्सफर गर्ने मत डा. सिंह र काठमाडौंबाट गएका नागरिक अगुवाहरूबीच बन्यो। तर, त्यसका लागि डा. केसी काठमाडौं आउन तयार हुनुपर्थ्यो। 

अर्धचेत अवस्थामा रहेका केसीलाई पहिले डा सिंहले भेटे। उनले केसीलाई आफूसँग पूर्वप्रधानन्यायाधीश शुशिला कार्की, प्रा केदारभक्त माथेमा, पूर्वसभामुख दमननाथ ढुंगाना र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भेट्न आएको कुरा राखे।

उनले डा. केसीलाई स्वाथ्य स्थिति निकै नाजुक भइरहेको भन्दै काठमाडौं सिफ्ट हुुनुपर्ने र त्यसमा नाइनास्ती गर्न नपाइने आग्रह गरे। 

१० मिनेट डा. सिंहको जतिको एकहोरो संवादमा केसीले कुनै प्रतिक्रिया दिएनन्। यसलाई डा. केसी काठमाडौं आउन तयार भएका रुपमा बुझियो। 

त्यसपछि पूर्वप्रधानन्यायाधीश कार्की लगायतको नागरिक अुगुवाको समूहले भित्र गएर डा. केसीसँग भेटघाट गरे। त्यति बेलासम्म रातको साढे आठ बजिसकेको थियो।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले दिउँसोेदेखि नै केसीलाई काठमाडौं ल्याउनका लागि हेलिकप्टरको व्यवस्था गर्न प्रयास गरिरहेका थिए। तर, मिलिरहेको अवस्था थिएन।

त्यसपछि पूर्वप्रधानन्यायाधीश कार्कीले रक्षामन्त्री आफ्नो छिमेकी पनि भएकाले हेलिकप्टरको व्यवस्था गर्छन् कि भनेर फोन लगाइन्। तर, मन्त्रीको फोन उठेन

त्यसपछि के गर्ने सकिन्छ भनेर छलफल भयो। विगतमा नेकपा नेता नारायणकाजीसँग डा. सिंहको संवाद भएको थियो र उनीहरूबीच राम्रै चिनजान थियो। त्यसैलाई प्रयोग गरेर सिंहले श्रेष्ठलाई फोन लगाए।

एक दुई घन्टीमै फोन उठ्यो। डा. केसीको अवस्थाका बारेमा सबै कुरा बताएपछि श्रेष्ठले आर्मीसँग कुरा गरेर हेलिकप्टर मिलाइदिने आश्वासन दिए। 

प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र नेपाली सेनाका प्रधान सेनापतिसँग कुरा गरेपछि श्रेष्ठले १० मिनेटमै फेरि डा. सिंहलाई फोन गरे। फोनमा उनले सेनाको नाइटभिजन पठाइदिन लागेको बताए र सेनाका जर्नेल जोतिन्द्र महतको नम्बर पठाइदिए। 

यसबारे बुझ्दा नेता श्रेष्ठले डा केसीको अवस्था नाजुक भएपछि काठमाडौंमा ल्याएर उपचार गर्नका लागि समन्वय गरेको छाटो प्रतिक्रिया दिए। ‘उहाँको स्थिति नाजुक छ भन्ने रिपोर्ट आएपछि समन्वय गरेर उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था गरेको हुँ,’ उनले नेपाल लाइभसँग भने। 

महतसँग डा सिंहको सिधा कुरा भयो। झापाको भद्रपुरमा हेलिकप्टर आउने कुरा भएपछि डा केसीलाई इलामबाट राति नै एम्बुलेन्समा राखेर भ्रदपुर विमानस्थल लगियो।

डा केसी भद्रपुर पुग्नुभन्दा एक घण्टा अगावै सेनाको हेलिकप्टर भद्रपुरमा ल्याण्ड भइसकेको थियो। राति करिब दुई बजे केसीलाई भद्रपुरबाट सेनाको हेलिप्टरमा काठमाडौं ल्याइयो।

डा केसी काठमाडौं अवतरण गर्नु केही बेरअघि सेनाको हेलिकप्टरमा।


शुक्रबार बिहान तीन बजे काठमाडौं विमानस्थल आइपुगेका डा. केसीलाई सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा लगियो। 

शुक्रबार पनि खटे श्रेष्ठ
नेकपा स्रोतका अनुसार डा केसीलाई काठमाडौं ल्याएपछि शुक्रबार पनि समन्वयको पहल यथावत नै राखे।

शुक्रबार दिउँसो उनले डा केसी पक्षसँग  विमति भएका बुँदाहरूका बारेमा करिब दुईघण्टा जति कुराकानी गरे। डा केसी पक्षसँग गोप्य रुपमा भएको उक्त भेटपछि उनी दिउँसो पाँच बजे पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न गए। 

प्रचण्डलाई भेटेपछि उनले बेलुका नै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटेर केसीको अनसन र मिल्न नसकेको बुदाँबारे छलफल गरे। 

डा. केसीकै विषयले राजीनामा
चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा १५औँ आमरण अनसन बसेका डा केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा उनले नेकपाका प्रवक्ताबाट नै राजीनामा दिनुपरेको थियो।

गत ७ साउन गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न उठाएपछि प्रवक्ताको जिम्मेवारीबाट राजीनमा दिएका थिए।

उनले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेका धारणा राखेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए।

उनले पार्टीको जिम्मेवार व्यक्ति एवम् प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पद आफूलाई नचाहिने भन्दै तत्काल राजीनामा दिएका थिए।

उनले राजीनामा दिए पनि त्यो स्वीकृत भने भएन। आवेशमा आएर राजीनामा दिएको भन्दै उनलाई पार्टीकै जिम्मेवारीमा फर्काउने पहल पार्टीभित्रबाट भयो। नेताहरूको आग्रहमा पछि उनी पुरानै जिम्मेवारीमा फर्किन तयार भए। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्