काठमाडौं– हतियारधारी व्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ।
सिरहा नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई नै उल्टै आक्रमणको प्रयास गरेपछि गोली हानेर पक्राउ गरिएका सिरहाका एसपी जीवन श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
यादवको दाहिने हातमा गोली लागेको र उनको अवस्थामा सामान्य रहेको एसपी श्रेष्ठले बताए।
गोली हानेर पक्राउ गरिएका व्यक्ति लामो समयदेखि आपराधिक क्रियाकलापमा लागेको प्रहरीले जनाएको छ। हतियारसहित भारतीय सीमा नाकाबाट नेपाल छिरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पिछा गरेको थियो। सीमा नाका नजिक सिरहा नगरपालिका–१५ मा पक्राउ गर्ने क्रममा आक्रमण गरेपछि गोली चलाएर पक्राउ गरेको प्रहरीको भनाइ छ।
उनको साथबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।