जनकपुर– लायन्स क्लब जनकपुरले स्थानीय जानकी महिला वृद्धाश्रममा मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ।
स्थापना कालदेखि सामाजिक कार्यमा संलग्न यस क्लबले आज माघे संक्रान्तीको अवसर पारेर जनकपुरको रामानन्द चोकमा स्थित जानकी महिला वृद्धाश्रममा न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो।
क्लबले वृद्धाश्रमका बृद्धाहरुलाई चिसोबाट बच्न स्विटर २१ थान, मोजा २१ थान, गहूँको पीठो एक क्वीन्टल, चिनी ५० केजी, खाने तेल, साबुन, चियापत्ति सहितका सामग्री उपलब्ध गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।