बैतडी– बैतडीमा एक युवक मृत फेला परेका छन्।
दोगडाकेदार–१ कुम्तडीका ३४ वर्षीय देवराम भुल मंगलबार सालीचौर नजिकै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए।
मृतकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएसँगै प्रहरी निरीक्षक बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
भुलले मादक पदार्थ सेवन गरेकाले भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
मृतकको शव परिक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। मृतकका २ श्रीमती र ९ छोराछोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।