कलैया– विगत ६ वर्षदेखि लागुऔषध तथा चरेस मुद्दाका फरार व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेका छन्।
विसं २०६९ असार २४ गते जीतपुर–सिमरा उपमहानगरपालिका–८ का असर्फी साहलाई सो मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महिना र दुई हजार नगद जरिवानाको फैसला गरेपछि साह लुकिछिपी बस्दै आएका थिए।
साहलाई सोमबार पक्राउ गरी वीरगञ्ज करागारमा पठाएको प्रहरी प्रवक्ता रञ्जीत सिंह रठौरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।