काठमाडौं– न्याय सेवा आयोगले कानुन सेवाका १५ सहसचिवको सरुवा गरेको छ।
सर्वोच्च, विशेष, प्रशासकीय अदालत र जिल्ला अदालत लगायतका न्यायिक निकायमा रहेका सहसचिवलाई सरुवा गरेको छ।
चार वर्षे कार्यकालका लागि प्रधानन्यायाधीशको रुपमा राणाले पदभार सम्हालेपछि उनीहरुलाई सरुवा गरेका हुन्।
न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिलहरु क्षेत्रका कर्मचारीहरुको सरुवा–बढुवा गर्ने गर्दछ।
यस्तो छ सरुवा सूची
१. नारायण रेग्मी – सर्वोच्च अदालत
२. निर्मला भट्टराई – विशेष अदालत
३. भीमकुमार श्रेष्ठ –सर्वोच्च अदालत
४. विमल पौडेल – सर्वोच्च अदालत
५. हरिराज कार्की – सर्वोच्च अदालत
६. यामबहादुर बुढा – सर्वोच्च अदालत
७. मानबहादुर कार्की– न्यायपरिषद्
८. अच्युत कुइँकेल – प्रशासकीय अदालत
९. ममता खनाल – सर्वोच्च अदालत
१०. खड्गराज अधिकारी – फैसला कार्यान्वयन निर्देशनालय
११. कृष्ण पौडेल – उच्च अदालत सुर्खेत
१२. गजेन्द्रबहादुर र्सिह – उच्च अदालत तुल्सीपुर
१३. रामप्रसाद भट्टराई – उच्च अदालत दिपायल
१४.ठगिन्द्र कट्टेल – उच्च अदालत विराटनगर
१५. श्रीलाल पौडेल – सर्वोच्च अदालत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।