• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दक्षिणी सीमामा लागुऔषध कारोबार, प्रहरीको टाउको दुखाइ

64x64
नेपाल लाइभ मंगलबार, माघ १, २०७५  १७:५२
1140x725

जनकपुर– महोत्तरीको दक्षिणवर्ती नाका प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय लागुऔषध तथा गाँजाको कारोबार बढ्दै गएका छन्। यस्ता कारोबार रोक्नका लागि महोत्तरी प्रहरीलाई चुनौती थपिएको छ।

भारतको विहार सरकारले त्यस राज्यमा मदिरा विक्री वितरण र सेवनामा रोक लगाएपछि त्यहाँका नागरिक मदिरा सेवन गर्न नेपाल आउने गरेका छन्।

महोतरीको सीमावर्ती क्षेत्रहरूमा केही महिनायता प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेपछि ठूलो परिणाममा लागू औषध र गाँजाको कारोबारी पक्राउ पर्न थालेका छन्।

सीमावर्ती क्षेत्र सम्सीको नाका हुँदै दिनहुँ दर्जनाैं नेपाली युवा भारतीय बजारमा गएर लागुऔषधको सेवन र कारोबार गर्ने गरेको स्थानीय बताउँछन्।

सम्सीका एक शिक्षक बिनोद साहले भने, ‘टिन एजर्स केटाहरू  दिउँसो ११ देखि १२ बजे आउने र पारि पट्टीको कनमा बजारमा गएर नेपालमा प्रतिबन्धित औषधि प्रयोग गरेर साँझ फर्किने गर्दछन्। कतिपयले यस्ता औषधि खरिद गरेर विक्री वितरणको लागि समेत लाने गर्दछन्।’

त्यसैगरी सम्सीका स्थानीय नेता विपिन विहारी युदबिरका अनुसार लागुऔषधको सेवन गर्न भारतीयय बजारमा जाने मा १५ देखि ३५ वर्ष सम्मको युवाहरूको संख्या अत्यधिक रहेको छ।

पछिल्लो समय सम्सीको नाका हुँदै लागुऔषधकर्ताको संख्या बढेकाले सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चेकजाँचमा थप कडाइ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए।

Ncell 2
Ncell 2

महोत्तरी प्रहरीले रातको समयमा रक्सीको कारोबार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकहरूलाई पटक पटक आग्रह गरे पनि उनीहरूले रक्सीको कारोबार गर्दै आएका छन्। 

सीमा क्षेत्रका स्थानीयबासीले अवैध रुपमा हुँदै आएको रक्सीको कारोबार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा मजबुुत गर्न महोत्तरी प्रहरीसँग माँग गरेका छन्।

जिल्लामा लागुऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आव २०७४/०७५ मा लागुऔषध दुर्व्यसन सम्बन्धी ४५ मुद्दा दर्ता गरिएको छ। 

यसअघि आव २०७२/२०७३ र २०७३/०७४ मा क्रमशः १७ र २५ वटा घटना दर्ता भएका थिए।

पछिल्लो गत आव २०७४/०७५ मा दर्ता गरिएका मुद्दामध्ये छुट्टाछुट्टै केलाउँदा बर्दिवास नगरपालिकामा सबैभन्दा बढी १४ घटना दर्ता भएका छन्।

जिल्लाको घटना अभिलेखअनुसार बर्दिवास नगर क्षेत्र अत्यन्त संवेदनशील मानिएको छ। लागुऔषध दुव्र्यसनी र कारोबारीले बर्दिवासलाई नै केन्द्र बनाएका पाइएको प्रहरी अधिकारीको भनाइ छ।

दुर्व्यसनीले गाँजा र चरेश मकवानपुरबाट र लागूऔषधका चक्की (गोटी), क्याप्सुल र सुई महोत्तरीको भारतीय सीमावर्ती सम्सी–कन्हमा र भिठ्ठामोडबाट लिने गरेका पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

भारतको बजार भिठ्ठामोड र कन्हमाबाट बर्दिवास र जनकपुरक्षेत्रका दुर्व्यसनीले लागुऔषध लिएर नेपाल फर्कने गरेका पाइएको एसपी कार्कीले बताए।

लागुऔषधको प्रयोग र कारोबारमा बर्दिवासपछि यी नाकाको प्रयोग गर्नेमा जनकपुर भेगका युवा र किशोर पाइएको प्रहरीले जनाएको छ।

गत आव २०७४/०७५ मा पक्राउ परेका ४५ जनामध्ये ३५ जना १५ देखि ३० वर्ष उमेर समूहकाले गाँजा, नाइट्राभेट चक्की, डाईजेपाम, स्पास्मो र ब्रफिनोर्फिन लगायत प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ।  

पछिल्लो पटक पुस २ गते महोत्तरीको बर्दिवासमा प्रहरीले दुई सवारी साधनबाट ठूलो परिणामा लागू औषध बरामद गरेको थियो।

सवारी चेकजाँचका क्रममा बा ५ ख ६८१९ नम्बरको राजविराजबाट काठमाडौं जाँदै गरेको हायस गाडीबाट  प्रहरीले डि लेक्स डिसी(सिरब) ६ सय एमएलको सय बोत्तल र नाइट्रोभेट टयाब्लेट ६ सय पिस बरामद गर्यो।

त्यसैगरी बा ३ ख ७४६८ नम्बरको कटारीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसबाट डि लेक्स डिसी १ सय एमएलको २९ बोत्तल र आधा लिटर को ३ वटा ६ सय एमएलको डिलेक्स डिसि (सिरब) बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनायो। 

हायस गाडीमा लागुऔषध लैजाँदै गरेका सिराहाको विष्णुपुर गाँउपालिका–१का २५ वर्षीय अमर कुमार शर्मा (ठाकुर) पक्राउ परेका र बसमा लागुऔषध लुकाएर ल्याउने अभियुक्त फरार रहेको बर्दिवास प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। 
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा
पूर्वमन्त्री होमनाथ दाहालको निधन
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै शनिबार, पुस २६, २०८२
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री होमनाथ दाहालको निधन शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्