काठमाडौं– विवेकशील साझा पार्टीबाट अलग्गिएकी नेतृ रञ्जु दर्शनालाई विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर समाचार लेख्ने एक अनलाइन सञ्चालक पक्राउ परेका छन् । मुक्ति मिडिया प्रालि र नेपालटक डटकमका सञ्चालक श्याम रोकालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुढानिकण्ठबाट पक्राउ गरेको हो।
रञ्जुले रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारको खण्डन गर्दै उनीविरुद्ध उजुरी दिएकी थिइन्। पार्टी फुटेपछि केही अनलाइनले मिश्रले रञ्जुलाई बलात्कार प्रयास गरेको आसयका समाचार प्रकाशन गरेका थिए। गएको शुक्रबार विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
रवीन्द्र मिश्रसँग जोडेर आएका समाचार छाप्ने अनलाइनविरुद्ध रञ्जु दर्शनाको उजुरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।