काठमाडौं– पर्सा प्रहरीले २० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिन्दाबासिनी गाउँपालिका–७ का २२ वर्षीय उपेन्द्र दास रहेका छन्।
उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका– १७ बाट पक्राउ परेको हो। ना ४० प ४२५९ नम्बरको मोटरसाइकलको गाँजाको पोको बोकेर उनी सवार सवार भएका थिए।
शंका लागेर प्रहरीले पोको खोली हेर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ।
गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।