काठमाडौं– भारतीय वेश्यालयमा नेपाली युवती बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले युवती बेच्ने छोङ हाङ राई भन्ने सन्तोष राईलाई पक्राउ गरेको छ।
सुनसरीको धरान–१७ का राईलाई सोमबार धरानकै धनकुटे रोडबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ।
उनले राम्रो काम र दाम हुने भन्दै नेपाली युवतीलाई नयाँदिल्लीस्थित जिबी रोडको वेश्यालयमा बेच्दै आएको प्रहरीले जनाएको छ।
उनले ६ लाख रुपैयाँसम्ममा युवतीलाई बेच्ने गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।