काठमाडाैं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गरेका छन्।
सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। मंगलबार नेपाल टूर एन्ड ट्राभल एसाेसिएसन, नेपाल (नाटा)को ५२औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सबैभन्दा बढी सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए।
सभामुख महराले पर्यटन क्षेत्रको विकासबाट मात्रै पनि मुलुकलाई धान्न सकिने उल्लेख गर्दै त्यसका लागि सरकारले निजी क्षेत्रको सक्रियतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।