काठमाडौं– ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ आज चौथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यसै अवसर पारेर मंगलबार काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा योगाभ्यासको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको थियो।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास कार्यक्रम गाउँ–गाउँमा गर्न जरुरी रहेको बताए। उनले योगले शारिरीक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि स्पष्ट पारे।
शारिरीक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको छ। यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तर्राष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।