• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै नेपाल, चिरुको रौंदेखि चिम्पान्जीसम्म

अन्तर्राष्ट्रिय एजेन्टसहित ६ सय ३३ पक्राउ 
64x64
नेपाल लाइभ मंगलबार, माघ १, २०७५  १२:११
1140x725

काठमाडौं- गत भदौ ३ गते राति प्रहरीले बाघको हड्डीसहित दुई जना चिनियाँ नागरिकलाई क्षेत्रपाटीबाट पक्राउ गर्‍यो। १८ वर्षीय जाई वाई र १९ वर्षीय झ्याङ यु टाई पक्राउ परे। क्षेत्रपाटीस्थित निःशुल्क अस्पताल नजिक सडकमा बा७२प ८६०२ नम्बरको स्कुटर जाईले चलाएका थिए भने स्कुटरको पछाडि झ्याङ बसेका थिए। झ्याङले सेतो बोरा च्यापेका थिए। प्रहरीले शंका लागेर उक्त बोरा खानतलासी गर्दा १३ थान बाघको हड्डी फेला पर्‍यो।

– गत मंसिर १४ गते गोंगबुको आकाशे पुलबाट बाघको छालासहित दुई युवक पक्राउ परे। दोलखाका विक्रम तामाङ र सिन्धुलीका तेज अधिकारीको साथबाट प्रहरीले ८ फिट ८ इन्च लामो, २ फिट चौडा भएको ठूलो पाटे बाघको छाला बरामद गर्‍यो। तर यति ठूलो पाटेबाघ नेपालमा नभएको र उक्त छाला भारतबाट नेपाल हुँदै तेस्रो मुलुक लैजान लागिएको निष्कर्ष प्रहरीले निकाल्यो।

– टर्कीको इस्तानबुलबाट आएको एक कन्टेनर अफ्रिकी बाँदरहरू, रिङनेट फेजन चरा, सुनौलो रङका र पातलो घाँटी भएका तित्रा, सुँगाहरू र परेवाले भरिएको थियो। ती प्राणीहरू भारत पास गर्न नेपाललाई ट्रान्जिट बनाएर ल्याइका थिए। वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करले सोचेका थिए– नेपालबाट सहजै ती प्राणी भारत पास गर्न सकिन्छ। तर उनीहरूले थाहा पाएनन्, वन्यजन्तु तस्करी गर्ने गिरोहको सूक्ष्म अध्ययन गरिरहेको थियो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)। ती प्राणी बाँसबारी सल्लाघारीस्थित सञ्जीव भारीको घरमा नभित्रिउन्जेल सिआइबीले पिछा गर्‍यो। काठमाडौंका भारीसँगै भारत पटनाका मोहम्मद उस्मानलाई जंगली प्राणीले भरिएको कन्टेनर सिआइबीले नियन्त्रणमा लियो। उनीहरूकै सुराकमा पक्राउ परे पाकिस्तानका अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर जावेद अस्लाम खान, भन्सार एजेन्ट कुमार तिवारी, भारतको लखनउका चाँदबाबु मोहम्मद सरिफ, भारत बिहारका मोहम्मद फइम। यो घटना थियो ०७४ असोज ३१ गतेको।

यसरी अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करहरुले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउँदै वन्यजन्तुको तस्करी गर्दै आएको प्रहरीको तथ्याङ्क छ। नेपाललाई ट्रान्जिट पोइन्ट बनाउँदै छिमेकी मुलुक भारत र चीनमा वन्यजन्तु र तीनका आखेटोपहार पठाउने गरेको सिआइबीको अनुसन्धानले देखाएको छ। वन्यजन्तु तस्करमा पक्राउ परेकाको बयान र प्रहरी अनुसन्धानले नेपाल वन्यजन्तु तस्करीको ट्रान्जिटको रूपमा स्थापित हुँदै गएको देखिएको सिआइबीको वन्यजन्तु पिलरका डिएसपी अनुपम राणको भनाइ छ। 

‘नेपालमै नपाउने वन्यजन्तुसहित प्रहरीले तस्करीमा संलग्नलाई पक्राउ गर्दै आएको छ। यसबाट पनि नेपाल ट्रान्जिट पोइन्ट बन्दै गएको प्रष्ट हुने प्रहरीको भनाइ छ। 

खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरुले गरिब नेपाली र नेपाली भूमिलाई प्रयोग गर्दै वन्यजन्तुको तस्कर गर्दै आएको प्रहरीको बुझाइ छ। विशेषगरी चीनमा वन्यजन्तुका आखेटोपहारबाट पुरानो पद्धतिको औषधि बनाउने, उपहार दिने चलन अझै व्याप्त रहेकाले अधिकांश आखेटोपहारको गन्तव्य चीन रहेको प्रहरीले जनाएको छ। वन्यजन्तुको छाला ओढ्नाले सामाजको प्रतिष्ठित व्यक्ति ठहरिने प्रचलन चीनका केही समुदायमा अझै छ। चीन, थाइल्यान्डमा बाघको हड्डीको सुप खाने प्रचलन रहेकाले बाघका हड्डीहरु समेत तस्करी हुने गरेको सिआइबीले जनाएको छ।

२७८ अपरेसन, अन्तर्राष्ट्रिय तस्करका एजेन्टसहित ६३३ पक्राउ
सिआइबीले वन्यजन्तु चोरी–सिकारी रोक्न एउटा छुट्टै युनिट बनाएको छ। डिएसपीको कमान्डमा रहेको उक्त पिलरले वन्यजन्तु तस्करका कुख्यात डनदेखि तिनका आसेपासे समेत पक्राउ गरेको छ। चिम्पान्जी तस्करीका नाइके, कुख्यात गैंडा तस्कर राजकुमार प्रजा, वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करका एजेन्ट शेर लामा, बाघ तस्कर बञ्जारा समूहका नाइके, लोडुडिमे लगायतका कुख्यात तस्करहरु पक्राउ परिसकेका छन्। 

सिआइबीले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म ६ सय ३३ जनालाई वन्यजन्तु तस्करी, चोरी शिकारीको आरोपमा पक्राउ गरेको छ। २०६७ सालमा स्थापना भएको सिआइबीले आठ वर्षको अवधिमा नेपालका विभिन्न भागबाट बाघ, गैंडा, चितुवा, रेडपान्डा, कस्तुरी, चिरु, कछुवा, सालक, सुनगोहोरो लगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको चोरी–सिकारी गर्ने, आखेटोपहारको कारोबार गर्ने तथा ओसारपसार गर्ने ६ सय ३३ जनालाई पक्राउ गरिसकेको छ। त्यसमध्ये ३० जना महिला छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०६७/६८ मा ३ वटा गैंडाको खाग, १२ वटा खुर, बाघको छाला १ वटा र हड्डी २३ किलो ८ सय ग्राम र चितुवाको छाला २ वटा लगायत धेरै अखेटोपहार बरामद गरेको थियो। त्यसबेला प्रहरीले १० वटा अप्रेसन चलाएर ५ महिलासहित ४० जनालाई पक्राउ गरेको थियो। 

आर्थिक वर्ष २०६८/६९ मा यो संख्या बढेर ५९ पुग्यो। यस वर्ष भएका २२ वटा अपरेसनमा ५६ पुरुष र ३ महिला गरी ५९ तस्कर प्रहरीको फन्दामा परे। आर्थिक वर्ष २०६९/७० मा ३२ वटा अपरेसन भएकोमा २ महिलासहित ६० जना पक्राउ परे। गैंडाको ३ वटा खाग सहित १ वटा खुर, बाघको एउटा छाला र १० किलो हड्डी, चितुवाको छाला ६ वटा, रेडपान्डाको छाला ३ वटा र चिरुको रौं ७५ बोरालगायत अन्य थुप्रै वन्यजन्तुका हाड–छाला बरामद भएका थिए।

आर्थिक वर्ष २०७०/७१ मा २ महिलासहित ६३ जना वन्यजन्तु तस्कर पक्राउ परेका थिए। आर्थिक वर्ष २०७१/७२ मा वन्यजन्तु तस्करीमा पक्राउ पर्नेको संख्या ८५ पुग्यो। जसमा ६ जना महिला समेत पक्राउ परेका छन्। 

यस आर्थिक वर्षमा सिआइबीले ठूलो सफलता हात पारेको थियो। २५ माघ २०७१ मा कुख्यात गैंडा तस्कर राजकुमार प्रजा पक्राउ परे। प्रजा पक्राउ परेसँगै गैंडा तस्करीमा धरै कमी आएको छ। उनलाई मलेसियन प्रहरीको सहयोगमा मलेसियाबाट पक्राउ गरिएको थियो।

त्यस्तै ७५ बोरा चिरुको रौं विरूद्धको फरार मुख्य अभियुक्त गोरखा छेकम्पार–८ छुलेका रिजन वाङ्डा लामा पनि पक्राउ परे। उनले प्रतिबन्धित चिरुको रौं तिब्बतबाट नेपाल ल्याई भारत सप्लाई गर्ने गर्थे।  चितवन राष्ट्रिय निकुञ्जको गैंडा मार्ने दिलबहादुर गुरूङ (ग्याल्बो) पनि यसै आर्थिक वर्ष पक्राउ परे।

आर्थिक वर्ष २०७२/७३ मा १०९ जना तस्कर पक्राउ परे। आर्थिक वर्ष २०७३/७४ मा ५२ वटा अप्रेसन गरिएकोमा ९९ जना पक्राउ परे। यसै वर्ष सिआइबीले १२ जना फरार वन्यजन्तु तस्करलाई पक्राउ गर्‍यो। वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करका फरार एजेन्ट शेर लामा पनि यसै वर्ष पक्राउ परे। पक्राउ परेका लामाले बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामा झुन्डिएर आत्महत्या गरेका थिए। उनी नेपाल र भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए।

आर्थिक वर्ष २०७४/७५ मा ३६ वटा अपरेसन भए। जसमा एक महिलासहित ७३ जना पक्राउ परे। नाइजेरियाबाट नेपाललाई ट्रान्जिट बनाएर तस्कर गर्नेदेखि फरार तस्कर दावा लामालाई समेत यसै आर्थिक वर्ष पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म १५ वटा अप्रेसन भएका छन्। जसमा १ महिलासहित ४५ जना तस्कर पक्राउ परिसकेका छन्। यस आर्थिक वर्ष सबैभन्दा बढी चितुवाको सिकार भएको प्रहरीको तथ्यांक छ।

तस्करीमा अधिकांश अशिक्षित र गरिब
अन्तर्राष्ट्रिय तस्करका केही एजेन्टबाहेक प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्ति अशिक्षित र गरिब परिवारका छन्। थोरै रकममा लोभिएर उनीहरुले वन्यजन्तुको चोरी–सिकारी गर्ने प्रहरीको अनुसन्धान छ।

‘पक्राउ परेका अधिकांशजसो व्यक्ति गाउँघरमा घाँस दाउरा गर्ने, ज्याला मजदुरी गर्ने छन्,’ सिआइबीका प्रवक्ता उमा चर्तुवेदी भन्छन्, ‘थोरै आर्थिक लोभमा लोभिएर अपराध गरेको देखिन्छ।’

वन्यजन्तुको चोरी–सिकारी गर्न स्थानीय मान्छे बिना सम्भव नभएकाले तस्करहरुले स्थानीय सोझासिधालाई प्रलोभनमा पार्ने गरेको सिआइबीको भनाइ छ। पक्राउ परेका उनीहरु आफूभन्दा माथिल्लो व्यक्तिलाई समेत नचिन्ने भएकाले प्रहरीले मुख्य तस्करलाई पक्राउ गर्न सकेको देखिँदैन।

कडा कारबाहीको व्यवस्था नभएकाले पनि तस्करहरुले पटकपटक चोरी–सिकारी गर्ने गरेको प्रहरीको भनाइ छ।

वन्यजन्तुको चोरी–सिकारी तथा ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ र साइटिस महासन्धी अनुसार कारबाही गरिँदै आएको छ। यसरी गैरकानुनी रूपले वन्यजन्तुको चोरी–सिकारी गर्ने, आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्नेलाई ५ लाख रुपैयाँदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्