काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ।
परिसरबाट खटिएको टोलीले काठमाडौको इन्द्रचोकमा एक किलोग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले पसलबाट किनेबेच गरिरहेको अवस्थामा साेमबार साँझ ५ः३० बजे ३ जनालाई पक्राउ गरिएकाे जानकारी दिए।
पक्राउ परेकाको नाम भने परिसरले गोप्य राखेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।