सप्तरी– सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए।
राजविराजमा उपचार हुन नसकेपछि गएराति उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
सशस्त्र प्रहरी बल बेसक्याम्प पातोमा कार्यरत यादव सवार को४प १७७ नम्बरको मोटरसाइकल गएराति साढे ७ बजे निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्टमा ठोक्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।