काठमाडौं– भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम ‘माया’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच एल्बम विमोचन गरिएको हो।
संगीतकार शम्भुजीत बाँसकोटा, गीतकार डा कृष्णहरि बराल, उन्नती बोहरा शिला, संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेषलगायतले एल्बमको विमाेचन गरेका थिए।
‘माया’ एल्बममा कूल ११ गीत समावेस छन्। सुरेश अधिकारी , राजिब शाह, वसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको एल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निखिता थापाको स्वर छ।
केही गीत भने संगीतकार बादल आफैंले गाएका छन्।
नेपालमा एल्बम विमोचन हुँदैगर्दा राईको हङकङमा एकल गायन साँझसमेत सम्पन्न भएको छ। हङकङमा राईलाई एकल गायनमा राजेश पायल राई, बादल लिम्बु, प्रविशा अधिकारीले साथ दिएका थिए। कार्यक्रममा १ दर्जन गीतहरु प्रस्तुत गरिएको थियो। राईकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन्।
असाहाय तथा अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो कार्यक्रमबाट उठेको रकम समाजिक कार्यमा लगाउने राईले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।