जनकपुर– प्रदेश २ मा माघ १ गते सार्वजनिक बिदा घोषणा गरिएको छ।
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश २ सरकारले भोली माघ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति जारी गर्दै मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विज्ञप्तिमा जातीय, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा मकर संक्रान्ति तथा माघी पर्वले सबै नेपालीबीच एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको उल्लेख गरिएको छ।
यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री राउतले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।