जनकपुर- धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरमा आज एक महिलाको शव फेला परेको छ।
शव सबैला नगरपालिका-१०, खरिहानी बस्ने ६० वर्षीया रसिदा खातुनको रहकोे प्रहरीले जनाएको छ। खातुन आइतबारदेखि घरबाटै हराइरहेकी थिइन्।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक अवधलाल यादवका अनुसार शवलाई पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।