काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र विकासका काममा सरकार असफल भएको बताएका छन्।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै नेता पौडेलले सरकारको कामकारबाही कांग्रेसले अब टुलटुलु हेरेर बस्न नसक्ने बताए। 'सडक र सदनबाट कांग्रेसले सरकारको विरोध गर्छ,' उनले भने।
तनहुँ र बाँकेमा कांग्रेसको पहलमा बनाइएका दुई अस्पतालको सञ्चालक समिति विघटन गर्न लागिएको भन्दै उनले सरकारको विरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।