• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघ विवाद : १२औं महाधिवेशनका लागि तदर्थ समिति बनाउने संकेत 

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  १४:१७
1140x725

दुई पटक कार्यकाल थपिएको नेपाल विद्यार्थी संघले १२औं महाधिवेशन निर्धारित समयमा गर्न नसकेपछि वर्तमान समितिलाई निरन्तरता नदिने पक्षमा कांग्रेस नेताहरु पुगेका छन्। १२औं महाधिवेशन गर्नका लागि तदर्थ समिति बनाउने संकेत नेताहरुले दिएका छन्।

भदौ २ मा कार्यकाल सकिएको संघलाई कात्तिक २ सम्म पहिलोपटक तीन महिना थपिएको थियो। पहिलो पटक थपिएको समयमा महाधिवेशन हुन नसकेसँगै पार्टी केन्द्रीय समितिमा विवादका बीच माघ २ सम्मको समयावधि थपिएको थियो।

पछिल्लोपटक थपिएको अवधिमा १६ जिल्लामा अधिवेशन सकिएको थियो। अधिवेशन भएका केही जिल्लामा विवाद कायमै छ। 

महाधिवेशन हुन नसकेपछि पार्टी संस्थापनको एक पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका विद्यार्थीहरुमा सदस्यसहित केही पदाधिकारीले राजीनामा दिएका छन्। शुक्रबार र आइतबार दुई समूहका विद्यार्थी नेताहरुले दिएको राजीनामा संघलाई भंग गर्ने सोचले आएको थियो।

राजीनामा दिएका संस्थापन नजिकका उपाध्यक्ष पुष्पकुमार शाही दुई पटक थपिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने वर्तमान कार्यसमितिलाई निरन्तरता दिनै नहुने बताउँछन्। ‘वर्तमान कार्यसमितिलाई जति नै समय बढाए पनि महाधिवेशन गर्नै सक्दैन,’ उनले ठोकुवा गरे।

अध्यक्ष नैनसिंह महर नजिक रहेका शाहीको बोलीसँग वरिष्ठ नेता पौडेल पक्षका विद्यार्थीहरुको मत पनि मिलेको छ। शनिबारदेखि सुरु हुनुपर्ने महाधिवेशन गर्न नसकेपछि नैतिकताका आधारमा वर्तमान कार्यसमितिले छोड्नुपर्ने केन्द्रीय सदस्य भोला नेपालले बताए। आइतबार पौडेलकहाँ पुगेर ४५ सदस्यले राजीनामा बुझाएका छन्।

पार्टी सभापतिलाई राजीनामा बुझाएका सात सहित आइतबार पौडेललाई राजीनामा दिएका गरी ५२ जना सदस्य वर्तमान कार्यसमितिलाई कार्यअवधि थप्न नहुने टुंगोमा पुगेका छन्।

वरिष्ठ नेता पौडेल पक्ष वर्तमान कार्यसमितिलाई समय बढाउने पक्षमा तीन महिना पहिले पनि थिएनन्। पौडेल पक्षले वर्तमान कार्यसमिलाई समयावधि थप्न नचाहनुको कारण संघको वर्तमान समितिमा उक्त पक्षको ‘भाइटल रोल’ नहुनु पनि थियो। संस्थापन पक्षले कात्तिकमा दुई महिना थप्ने प्रस्ताव गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसको तेस्रो धारले दुई महिनामा महाधिवेशन गर्न सम्भव नहुने भन्दै ६ महिना थप्नुपर्ने प्रस्ताव गरेको थियो।

दुई समूहका विद्यार्थीहरुको राजीनासँगै संघको कार्यकाल बढाउन नहुने पक्षमा पार्टी नेताहरुको मत पनि थपिंदै गएको छ। त्यसको छनक आइतबार पार्टी सभापतिलाई भेट्न गएका विद्यार्थी नेताहरुसँग उनले दिएका छन्।

भेट्न गएका एक विद्यार्थी नेताले देउवाको बोली उधृत गर्दै भने, ‘तिमीहरुको विगतको गतिविधि हेरेर माघ १० मा निर्णय हुन्छ।’ कांग्रेस केन्द्रीय समितिको बैठक माघ १० मा बोलाइएको छ।

नेता प्रकाशमान सिंह वर्तमान कार्यसमिति असक्षम रहेकाले कार्यकाल बढाउन नहुने तर्क राख्छन्। जिल्ला तथा प्रदेश अधिवेशन गर्नै नसक्ने वर्तमान कार्यसमितिको स्थानमा नयाँ कार्यसमिति बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘बोक्नै नसक्नेलाई भारी थपिदिनु हुँदैन।’

Xtrem

Xtrem

संस्थापन पक्षकै विद्यार्थीबीच विवाद
१२औं महाधिवेशनलाई लिएर संघको संस्थापन पक्षमा विवाद उत्पन्न भएको छ। निर्वाचित कार्यसमितिले १२औं महाधिवेशन गर्नुपर्ने अडानमा अध्यक्ष नैनसिंह महर रहेपछि आफ्नै निकटका पदाधिकारीहरु उनीसँग टाढिएका छन्। 

दुई पटक कार्यकाल थपिएको वर्तमान कार्यसमितिलाई नै केही समय बढाएर महाधिवेशन गराउन दिनुपर्ने महरको धारणा छ। तर, उनी निकट सात पदाधिकारी काम गर्न नसक्ने वर्तमान कार्यसमितिलाई समय बढाउन दिन नहुने पक्षमा छन्। संस्थापन समूहमा नै आन्तरिक एकता हुन नसकेपछि सात पदाधिकारीले राजीनामा दिएका छन्।

गत शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सामूहिक राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी छन्। महामन्त्री सरोजकुमार थापाले पनि राजीनामा दिएका छन्। सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले पनि राजीनामा बुझाएका छन्।

विधानतः संघको अध्यक्षलाई राजीनामा बुझाउने व्यवस्था भए पनि विधान उल्लंघन गरी पार्टी सभापतिलाई राजीनामा बुझाएका छन्। संघको ‘आफ्नै नेतृत्वमा विश्वास नभएको’ जनाउँदै उनीहरुले पार्टी सभापतिलाई राजीनामा बुझाएका हुन्।

राजीनामा दिएका शाहीले भने, ‘संघ पार्टीकै निर्देशनमा चल्ने भएकाले पार्टी सभापतिलाई राजीनामा बुझाएका हौं। संघका अध्यक्षको दास होइनौं, असक्षम अध्यक्षलाई पक्षमा सधैं हुनपर्छ भन्ने छैन।’

संस्थापन समूहकी सहमहामन्त्री अम्बिका चलाउनेले अध्यक्षलाई राजीनामा नबुझाएर पार्टी सभापतिलाई बुझाउनु विधान विपरीत भएको बताइन्।

संगठनमा आफू निकटका पदाधिकारीले साथ छोडे पनि महरलाई महामन्त्री कुन्दनराज काफ्ले समूहको साथ भने रहेको छ। पदावधि बढाउन चाहेका महरलाई साथ दिंदै काफ्ले भन्छन्, ‘पदावधि वैशाखसम्म बढाए, महाधिवेशन गर्न सकिन्छ।’ 

तदर्थ समितिमा स्वार्थको लडाईं
१२औं महाधिवेशन तोकिएको समयमा हुन नसकेपछि तदर्थ समितिमा आफ्नो स्थान बनाउनका लागि विद्यार्थी नेताहरुले ‘पूर्व तयारी’ गरेका छन्।

पार्टी संस्थापन पक्षमा पार्टी सभापति देउवा वर्तमान कार्यसमितिलाई समय बढाउन तुलनात्मक रुपमा सकरात्मक छन्। उनी पक्षधर दोस्रो तहका नेताहरु तदर्थ समितिको पक्षमा भएको बताइन्छ। 

उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महत र बालकृष्ण खाँड वर्तमान समितिलाई अघि नबढाउने पक्षमा छन्। शुक्रबार राजीनामा दिएका सात पदाधिकारीहरु निधि,महत र खाँड नजिक रहेकाहरु हुन्।

तदर्थ समितिमा भूमिका बनाउन नेताहरुकै सल्लाहमा उनीहरुले राजीनामा मञ्चन गरेको एक सदस्यले आरोप लगाए। राजीनामा दिएका शाहीले भने, ‘राजनीति गर्दा उपल्लो तहमा पुग्ने इच्छा हुन्छ। पार्टीले जिम्मेवारी दिए, संगठन चलाउँछु।’

१२औं महाधिवेशन पश्चात् उमेर हदबन्दी लाग्ने हुनाले त्यसअघिको कार्यसमितिमा भूमिका पाउनका लागि विद्यार्थी नेताहरुले आन्तरिक तयारी गरेका छन्। दुवै उमेर समूह (३२ वर्ष माथि र तल) तदर्थ समितिमा अवसर बनाउन प्रयत्नरत छन्। 

आइतबार वरिष्ठ नेता पौडेलकहाँ राजीनामा बुझाउन पुगेका संघका सदस्यहरु गत महाधिवेशनमा पराजित मनोजमणि आचार्य र हिमालदत्त श्रेष्ठ नजिकका हुन्। कथं तदर्थ समिति बनेको अवस्थामा नेतृत्व प्राप्त हुने अभिलाषाले विद्यार्थी नेताहरुले आफू नजिकका सदस्यहरुलाई राजीनामा गर्न लगाएको बताइएको छ।

पौडेल नजिकका केन्द्रीय सदस्य नविन्द्रराज जोशी११औं महाधिवेशनमा सभापतिमा पराजित मनोजमणि पौडेललाई अध्यक्ष बनाई १२औं महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्